२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटना: चितवनमामात्र वर्षभरिमा एक सय १६ जनाको मृत्यु

गत वर्ष जिल्लामा भएका सवारी दुर्घटनामा परी १ सय १६ जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३ सय ७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन्।दुर्घटनामा परी ६ सय १२ घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

 घाइतेमध्ये २ सय ८१ गम्भीर र ३ सय ३१ सामान्य रहेका छन्। कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार गत वर्ष चैतमा दुर्घटनाबाट मानवीय क्षति सबैभन्दा बढी भएको छ। सो महिनामा भएका ३९ दुर्घटनामा २६ को ज्यान गएको छ। सबैभन्दा कम वैशाख र जेठमा ७ र १४ वटा दुर्घटनामा परी दुई÷दुई जनाको ज्यान गएको तथ्याङ्क छ। ती दुर्घटनामा ५ सय ७३ सवारी साधन परेको उनले जानकारी दिए।

सवारी दुर्घटनामा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल छन्। दुई सय ८६ मोटरसाइकल दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ। विसं २०७६ को चैतसम्म जिल्लामा भएका ३ सय १६ दुर्घटनामा परी १ सय २३ को ज्यान गएको थियो। त्यस वर्ष मङ्सिरमा सबैभन्दा धेरै १९ को ज्यान गएको थियो। सबैभन्दा कम चैत महिनामा तीनको मृत्यु भएको कार्यालयले जनाएको छ।

दुर्घटना न्यूनीकरणका लागि कार्यालयले विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि दुर्घटना र मृत्युदर घटाउन कठिन भएको भट्टको भनाइ छ। साँघुरो बाटो र सवारीको चाप बढी भएका कारण दुर्घटना बढी हुने गरेको उनले बताए। दुर्घटना बढी सङ्ख्यामा पूर्वपश्चिम लोकमार्गमा भएको तथ्याङ्कले जनाएको छ। रासस

प्रकाशित: ३ वैशाख २०७८ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App