२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

गोली लोडेड अवस्थामा रहेको अमेरिकन पेस्तोलसहित दुई जना पक्राउ

एपीएफ टोलीले काठमाडौंको गहना पोखरी ईलाकाबाट चैत्र १४ गते दिउँसो मेडईन यूएसए लेखिएको ९ मिमि पेस्तोल एक थानसहित दुई जनालाई पक्राउ गरेको छ। त्यसबेला सोको पाँच वटा गोली म्याग्जिनमा लोडेड रहेको अवस्थामा बरामद गरिएको हो।

पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको रोशी गाउँपालिका ३ शिखर अम्बोटे घर भई काठमाडौंको जडिबुटि बस्ने कोटे लामा र सोही जिल्लाको नवबुद्ध नगरपालिका ११ घर भई जडिबुटि बस्ने अनन्त तामाङ्ग छन्। पक्राउ परेका कोटे लामा २०७४ सालदेखि फरार अभियुक्त रहेको कुरा खुल्न आएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले जानकारी दिए। 

एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा खटिएको एपीएफ टोलीले पक्राउ परेका दुवै जनालाई बरामद थान एक पेस्तोल, सोको थान एक म्याग्जिन, सोको पाँच वटा गोली तथा दुई थान मोवाईल सेट र कागजातसहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि पक्राउ परेको ठाउँबाटै महानगरीय प्रहरी बिट मालिगाउँबाट खटिई आएका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालको टोलीलाई बुझाएको छ।

प्रकाशित: १४ चैत्र २०७७ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App