५ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

रुखबाट लडेर खोटाङमा दुई जनाको मृत्यु

सांकेतिक तस्बिर।

खोटाङमा रुखबाट लडेर दुई जनाको मृत्यु भएको छ। घाँस काट्नका लागि रुखमा चढेको अवस्थामा लडेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ४२ वर्षीय उर्मिला थापा र साकेला गाउँपालिका–४ मात्तिम आहालेका ६७ वर्षीय रामबहाखुर खड्काको मृत्यु भएको हो।

आइतबार घर नजिकै दुधिलोको घाँस झार्नेक्रममा लडर गम्भीर घाईते भएकी थापाको जिल्ला अस्पतालमा उपचारकोक्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।  

यस्तै, आइतबारकै दिन खन्यूको घाँस काट्नेक्रममा रुखबाट खस्दा खड्काको घट्नास्थलमै मृत्यु भएको मात्तिमका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए। खड्का दिर्घ रोगी (प्रेसरको बिरामी) थिए। वडाध्यक्ष थापाका अनुसार मृतक थापा र खड्का साईनोले फुपुभदै हुन्। 

प्रकाशित: २ चैत्र २०७७ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App