२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने

अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम वुधबारदेखि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।  

ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाबीचमामा आबद्ध भइ रियल टाइममा वैकको खाता मर्फत जरिवाना रकम भुक्तानी हुने गरि प्रणालीको विकास गरिएको महाशाखाका प्रमुख प्रहरी बरीष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।  

एसएसपी भट्टराईले यस अघि जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू गरिएको बताए।  

यो प्रविधिबाट तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समावेश गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुनेछ। यसअघि सवारी र सवारी कागजपत्र हराएमा अनलाइनबाटै उजुरी दिन र सिफारिस लिन सकिने व्यवस्था लागू भइसकेको महाशाखाले जनाएको छ।

 

प्रकाशित: २१ माघ २०७७ १०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App