२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

साझा प्रकाशनको अध्यक्षमा डा. विजय सुब्बा

साझा प्रकाशनको सञ्चालक समितिको अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित भएका छन्। २४ औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा डा. सुब्बा निर्वाचित भएका हुन्।  

साहित्यकार तथा निवर्तमान सांसद सुब्बा ४ सय १२ मतसहित विजयी भएको र उनका प्रतिस्पर्धी जीवनचन्द्र कोइरालाले १ सय ८३ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्यसचिव होमनाथ भट्टराईले बताए। यही पुस २१ देखि २४ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको थियो।

सुब्बा र कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य हुन्। विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्ति गरिन्थ्यो। तर यसपटक साधारण सदस्यहरुबाटै निर्वाचित गरिएको हो। पदाधिकाारीको कार्यकाल चार वर्षको हुनेछ।

प्रकाशित: २५ पुस २०७७ ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App