७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मिक्सचरले मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु

बुटवलमा मिक्सचरले मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ।  बुटवलको मिलनचोक नजिकै मिक्सचरले मोटरसाईकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाईकल चालक गुल्मीको रेसुङ्गा नगरपालिका ४ का सरोज भण्डारीको उपचारकै क्रममा मृत्यु भएको हो।  

लु १ क ३३७० नम्बरको मिक्सचरले  राजमार्ग चौराहबाट मिलनचोक जाँदै गरेको लु ३५ प १०९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।

२० वर्षीय भण्डारीको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। दुर्घटना बिहान सबा ११ बजेतिर भएको थियो। घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुन नसकेपछि क्रिमसन अस्पताल लगीएको थियो। भण्डारीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले बताए। उनका अनुसार ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन्।

 

प्रकाशित: २० पुस २०७७ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App