२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौं र दिल्लीबीच हवाई उडान सुरु हुने

काठमाडौं र नयाँ दिल्लीबीच हवाई उडान सुरु हुने भएको छ। कोरोना महामारीपछि दुवैदेशबीच हवाई उडान बन्द थियो।

नेपालस्थित भारतीय दूतावासका अनुसार  नेपाल र भारत सरकारबीच दुई देशका राजधानीबीच हवाइ उडान पुन: सुरु गर्ने सहमति भएको छ। दूतावाशले भनेछ, 'दुबै सरकारले 'एयर ट्रान्सपोर्ट बबल संयन्त्र' अन्तर्गत दिल्ली र काठमाण्डौबीच नियमित निर्धारित उडान पुनः सुरु गर्न अनुमोदन गरेको जानकारी गराउन पाउँदा खुसी लागेको छ। एयर इण्डिया र नेपाल एयरलाइन्सले यी दैनिक उडानहरू सञ्चालन गर्नेछन्।' तालिका र टिकटका लागि सम्बन्धित एअरलाइन्सका वेबसाइट हेर्न भनिएको छ।  

 

 

प्रकाशित: २५ मंसिर २०७७ ०९:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App