८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

जबरजस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन्।

प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदपुरले विसं २०६४ जेठ १४ गते बलात्कार गरेको कसुर ठहर गर्दै १० वर्षको जेल सजायको फैसला सुनाएको थियो। गोप्य सूचनाका आधारमा राउतलाई हँडियाको एक स्थानमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले बुधबार पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहलले बताए।

इलाका प्रहरी कार्यलय बेल्टारको टोलीले गोप्य सूचनाको आधारमा राउतलाई लुकिरहेको अवस्थामा पक्राउ गरेर बुधबारनै जिल्ला अदालतमा बुझाएको प्रहरीले बताएको छ।
रासस

प्रकाशित: २७ कार्तिक २०७७ ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App