२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धरानमा थप एक सङ्क्रमितको मृत्यु

यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। इटहरी–४ का ७९ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा आइतबार राति मृत्यु भएको हो।  

प्रतिष्ठानका सहप्राध्यापक डा आशिष श्रेष्ठका अनुसार  मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका उनलाई यही कात्तिक ७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो। उनको स्वास्थ्यमा समस्या भएपछि आइतबार नै अस्पताल भर्ना गरिएको थियो। यससँगै प्रतिष्ठानमा सङ्क्रमितको मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ।

प्रकाशित: १० कार्तिक २०७७ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App