पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६० जना संक्रमित थपिएका हुन्।
यस्तै देशभर १५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा १५ सय ३९ जनामा संक्रमण भेटिएको हो।
प्रकाशित: ३१ भाद्र २०७७ ११:०५ बुधबार