२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कन्टेनरमा भेटियो ठूलो मात्रामा लागुऔषध, तीन जना पक्राउ

प्रहरीले ठूलो मात्रामा लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको सयुंक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।  

उनीहरुले ना.३ ख.९८९ नं.को कन्टेनरमा अबैध लागुऔषध ओसार पसार गरी भक्तपुरको सल्लाघारी क्षेत्रमा कारोवार गर्ने गरेको प्रहरीले जनाएको छ। सल्लाघारी क्षेत्रबाट पक्राउ पर्नेमा विष्णु प्रधान, डम्बर बहादुर  छन्। उनीहरुसँगको सोधपुछ पछि कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले बुढानिलकण्ठबाट  शंकर खड्कालाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए। कन्टेनर जाँच गर्दा दुईवटा झोलामा प्रहरीले डाईजापाम २९५० एम्पुल, नाईट्रोभेट ३००० एम्पुल , प्रोमेथाजिन २०५० एम्पुल, बुप्रिनोर्फिन १५०० एम्पुल र नुफिन १४०० एम्पुल बरामद गरेको हो।  

 

प्रकाशित: २३ भाद्र २०७७ ०९:४७ मंगलबार

लागु औषध पक्राउ