५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। टोखा नगरपालिका–३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँलाई श्रीमती सलिना  खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान  पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  

बुधबार राति करिब १ बजेको समयमा विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको र अहिले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ। महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।  

प्रकाशित: ११ असार २०७७ १०:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App