२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

दुई दिन मात्र खुल्दा बैंकहरुमा भिडभाड

शुक्रबार एनआईसी एशिया बैंक हरिवन अगाडी देखिएको भिडभाड । तस्बिर : टंक/नागरिक

सर्लाही- जिल्लास्थित महत्वपूर्ण व्यापारिक केन्द्र हरिवनमा बैंकहरु सातामा दुई दिन मात्र संचालन हुँदा ग्राहकको अत्यन्त भिड हुने गरेको छ । दुई दिन त्यो पनि दुई घण्टा मात्र खुल्ने गरेकाले जिल्लास्थित बैंकहरुमा अत्यन्त भिडभाड हुने गरेको हो ।

जिल्लाकै महत्वपूर्ण व्यापारिक केन्द्र हरिवनमा नेपाल बैंक बाहेक सम्पूर्ण बैंकहरुले मंगलबार र शुक्रबार ११ बजेदेखि १ बजेसम्म मात्र कारोबार गर्ने गरेका छन् । दुई दिन मात्र खुल्ने हुँदा बैंकमा ग्राहको लाम नै लाग्ने गरेको छ । बैंक अगाडी साईकल मोटरसाइकलको ताँती देखिन्छ ।

लकडाउन भएपनि मंगलबार र शुक्रबार बैंक अगाडीको भिडभाडले खुला समयकै झल्को दिने गरेको हरिवन निवासी सुमन सिन्धालीले गुनासो गरे । ‘मंगलबार र शुक्रबार त बैंकहरु अगाडी त यति भिडभाड हुन्छ कि, खुला समय जस्तै महसुस हुन्छ’, सिन्धालीले प्रतिप्रश्न गरे, ‘यस्तो भिडभाडको वातावरण तयार पारिएपछि लकडाउनको के अर्थ रह्यो र ?’ बरु हरेक दिन दुईघण्टा मात्र खोले त बैंकमा यतिको भिडभाड नहुने सर्वसाधारण बताउँछन् ।

हरिवनमा एनआईसी एशिया, मेगा, ग्लोबल आईएमई, कुमारी, सानिमा, माछापुच्छ्रे, एनसीसी, सिदार्थ, एसबीआई बैंक सहित डेढ दर्जन बैंक तथा वितिय संस्थाहरु रहेका छन् । जिल्लाका अन्य विभिन्न व्यापारिक केन्द्रहरुमा समेत निश्चित दिनहरुमा बैंक खुल्ने गरेकाले अत्यन्त भिडभाड हुने गरेको स्थानीय सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।

 

प्रकाशित: २६ वैशाख २०७७ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App