२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

निको भएपछि चारजना डिस्चार्ज हुँदै

लहान - कोरोना संक्रमण पुष्टि भई वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजनाको परीक्षण रिपोर्ट लगातार दुईपटक नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भएको छ। वीरजगन्जको मस्जिदमा बस्दै आएका तीनजना मुस्लिम धर्मगुरु (जमाती) मा चैत २८ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो त्यसपछि उनीहरुलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। उनीहरु तीनैजना भारतीय हुन्।

उनीहरु तीनैजनामा पछिल्लोपटक गरिएका दुईवटा परीक्षणको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए। त्यस्तै संक्रमण पुष्टि भई उपचाररत रौतहटको ईशनाथ नगरपालिकाका युवकको पनि लगातार दोस्रोपटकको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। 

सचिव घिमिरेका अनुसार प्रदेश २ मा हालसम्म १२ सय ९० जनाको स्वाब संकलन गरिएको छ। ६ सय ३६ जनाको पिसिआर परीक्षण गरिएकोमा पाँचजनाको पोजेटिभ र ६ सय ३१ जनाको नेगेटिभ रिपोर्ट आएको छ। ६ सय ५४ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ। यस प्रदेशमा ४ हजार ४ सय ४८ जनाको आरडिटी परीक्षण गरिएकोमा ९ जनाको रिपोर्ट पोजेटिभ र ४ हजार ४ सय ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ। 

प्रदेशका आठवटै जिल्लामा शनिबारदेखि स्वाब संकलनलाई गति दिएको सचिव घिमिरेले बताए। जोखिमयुक्त स्थानीय तह छनोट गरेर प्रादेशिक प्रयोगशाला जनकपुर र राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला काठमाडौंको प्राविधिक टोली स्वाब संकलनमा खटिएको उनले बताए। अति जोखिममा रहेका करिब १५ सयजनाको स्वाब संकलन गर्नेगरी जनशक्ति परिचालन गरिएको उनले जानकारी दिए।

प्रकाशित: १४ वैशाख २०७७ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App