२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

छोरा निको भएर फर्के, आमा अस्पतालमै

चितवन - कोरोना पोजेटिभ देखिएका राप्ती नगरपालिकाका दुईजनामध्ये एक शनिबार निको भई घर फर्किएका छन् । उपचारपछि पिसिआर परीक्षण गर्दा नेगेटिभ नतिजा आएपछि शनिबार २७ वर्षीय युवकलाई डिस्चार्ज गरिएको भरतपुर अस्पतालले जनाएको छ ।

ती युवक र उनकी आमालाई भरतपुर अस्पतालको आइसोलेसन वार्डको क्याबिनमा राखेर उपचार गरिएको थियो । ती युवककी आमाको पिसिआर परीक्षण नतिजा भने पोजेटिभ आएको छ । नेगेटिभ नतिजा नआउन्जेल ती महिलालाई अस्पतालमै राखिनेछ । 

भरतपुर महानगरपालिका १० स्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा तीन सय ३० जनाको पिसिआर र एक सय ८२ जनाको आरडिटी प्रविधिबाट नमुना परीक्षण भएको छ । जसमध्ये पिसिआरबाट परीक्षण गरिएका दुईजनाको नतिजा पोजेटिभ देखिएको छ । पोजेटिभमध्ये एक युवक निको भएर घर फर्केका छन् । 

भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालबाट हालसम्म ६ सय ५० जनालेसेवा लिइसकेका छन् । 

प्रकाशित: १४ वैशाख २०७७ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App