५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

उद्वारका नाममा जुम्लामा जोखिम बढ्दै

जुम्ला- पछिल्लो समयमा कर्णाली प्रदेश सरकार तथा स्थानीय सरकारले उद्वारका नाममा जथभावी मान्छे भित्र्याउन थालेपछि जुम्लामा जोखिम बढेको छ । अहिले दैनिक पाँच सय भन्दा बढिको आवतजावत भइरहेको हो । पहिले जुम्ला निकै सुरक्षित थियो । भित्रिएका सबको क्वारेन्टाइनमा बसेर नियमित चेकजाँच गरीएको थियो । तर पछिल्लो समयमा भित्रिएका अलपत्र भनिएका नागरिकहरु नै क्वारेन्टाइनमा बस्न मान्दैनन् । उनीहरु घरमै होमक्वारेन्टाइनमा बस्ने भन्दै क्वारेन्टाइनमा बस्न मान्दैनन् । जसल गर्दा जोखिम बढ्ने उच्च संभावना छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे तीन दिनदेखि जुम्ला भित्रिनेको संख्यामा अत्यधिक बृद्धि भएको बताउँछन् । उनले भनिन्,‘ म उद्धार गर्ने नाममा नागरिकलाइ धमाधम भित्र्याउने कार्यको विरोधी हो । जो जहाँ अलपत्र छन् । त्यही व्यवस्थापन गर्न पहल गर्ने भनेर सरकारले स्पष्ट निर्देशन गरेको छ । तर यहाँ अलपत्र नागरिक भित्र्याउने नाममा उच्च प्रतिश्पर्धा भइराखेको छ । ’  

जुम्ला सुरक्षित गर्न हदै सम्मको पहल थालिएको थियो । नेपालमा पहिलो जुम्लाले लकडाउन ग र्‍यो । भारत तथा खाडीमुलकुबाट आएका २ सय ५३ जनाको सब संकलन गरियो । नाका नाकामा स्वास्थ्य सहायता केन्द्र  राखियो । प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बनिन्, ‘ तर महिनौको त्यो उपलब्धी दुइ दिन पनि टिकेन् । अहिले कुन आधारमा मान्छे आइरहेका छन् । यो चुनाव होइन । सरकार जो जहाँ छन त्यहि हेर्नु भन्छ । 'यतिधैरै लकडाउनको उल्ल‌घन भइरहेको छ, त्यो भनि साध्य छैन । बाटो बिग्रन्छ । मतलबै छैन । क्वारेन्टाइनको अवस्था निकै कम छ । व्यवस्थापनमा चुनौति छ । तर धमाधम मान्छे ल्याउने काम भइरहेको छ । यसले जोखिम निम्त्याउनेवाला छ । ’

जुम्ला जोगाउन धेरै विकल्प रोज्यौँ । र्‍यापिड टेस्ट गर्‍यौँ । जुम्लाबासी सुकुमबासी पनि छैनौ । अहिले संक्रमणबाट मात्र जोगिने हो । प्रमुख जिल्ला अधिकारी बञ्जाडे भन्छिन्,‘सवारी स्रोत साधन पनि छैन । पहिले जुम्लाको राम्रो सन्देश थियो । पछिल्लो समयमा उच्च जोखिम बढ्ेको छ । क्वारेन्टाइन भरीभराउछन । स्थानीय तहले दोहोरो चरित्र प्रदर्शन गरिरहेका छन् । जसले गर्दा शान्ति सुरक्षामा समेत नकरात्मक प्रभाव पारीराखेको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले एक जनालाइ पनि पास दिइएको छैन । यहाँका स्थानीय सरकार गम्भीर देखिएनन् । बैठक बसालेर एक अर्काको सुझाव आदान प्रदान गर्नुको कुनै तुक पनि छैन । प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भनिन्,‘ भागेर आउनेलाइ पनि कारवाही गर्नु पर्‍यो । नागरिक अनुशासनमा बस्नु पर्‍यो ।स्थानीय सरकार संवेदशिल हुनु पर्‍यो । धमाधम मान्छे आइरहेका छन् । मुगु, जुम्ला, कालिकोट सिडिओ संग कुुनै समन्वय पनि छैन् ।

गृहमन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारी लकडाउनको पूर्ण पालना गर्न गृहमन्त्रालयले हदैसम्मको प्रयास गरेको बताउँछन् । अलपत्र परेका आफ्ना नागरिकलाइ जहाँ छन्, त्यही व्यवस्थापन गर्न सकिने अवस्था प्रयाप्त थियो । तर अहिले उद्धारका नाममा लकडाउनको उलङघन भइरहेको छ, सहप्रवक्ता अधिकारी भन्छन्,‘ वस चढाउनु मात्र उद्धार होइन । घर पुर्‍याउनु पनि उद्धार होइन । यो समय चुनावमा मान्छे्े सारे जस्तोे सहज पनि होइन।  जिल्लामा संक्रमण फैलन खतरा बढेमा उद्धार गरेर लैजाने निकाय नै जिम्मेवार हुनुपर्छ ।’विधि पुर्‍याएर प्रभावकारी क्वारेन्टाइनमा राख्नु अहिलेको अपरिहार्यता पनि हो ।  

यहाँ होम क्वारेन्टाइन अनुकुल छैनन् । गृहमन्त्रालयले लकडाउन जिरो बनाइसकेको थियो । सडकमा मजदुरको लाइन लाग्यो । दुःख पाएकाहरुको उद्धार होस भन्ने हो, तर उद्धारका नाममा जथाभावी मान्छे लैजाने काम चाही पटक्कै राम्रो होइन । यसले खतरा निम्तने खतरा बढेको छ । जुम्लाका स्थानीय तहमा अहिले २ सय ९१ बेडको क्वारेन्टाइन छ । तर दैनिक धेरै मानिसहरु आवतजावत गर्न थाले । क्वारेन्टाइनको अभाव देखिदैछ । त्यो भन्दा बढि समस्या क्वारेन्टाइनमा यहाँ उद्धार गरेर पुगेका मानिस क्वारेन्टाइनमा बस्न मान्दैनन् । चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल ६१ जनालाइ होम क्वारेन्टाइनमा बस्ने भनेर गइसकेको बताउँछन् ।

स्वास्थ्य चेक गराउदा अवस्था सामान्य देखिएपछि होमक्वारेन्टाइनमा बसेको उनी बताउँछिन् । ३० बेडको क्वारेन्टाइनमा कोही पनि छैनन् । स्वास्थ्य चेक गराउदा समान्य देखिएकोले वडाध्यक्ष, स्वयमसेविका, स्वास्थ्यकर्मी सबैलाइ फलोअप नगरपालिकाले खटाएको छ । यहाँ अलपत्र परेका बाहिरका मजदुरलाइ समेत पठाइएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार पछिल्लो दुई दिनमा ७८ जना क्वारेन्टाइनमा बसेको बताउँछन् । मान्छेहरुको आउने क्रम बढ्न थाल्यो, अध्यक्ष न्यौपानेले भने,‘ क्वारेन्टाइन व्यवस्थापनमा निकै सकस देखिन थाल्यो ।

सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल गाडीका गाडी मानिसहरु आउन थालेपछि गाउँमा त्रास बढेको बताउँछन् । उनका अनुसार ५५ बेडको क्वारेन्टाइनमा ४ जना मात्र छन् । क्वारेन्टाइनमा बस्न मान्दैनन् । घर परिवार पनि आएकाहरुलाइ क्वारेन्टाइनमा बसाल्न दिदैनन् । उनले भने,‘ बाहिरबाट आउने नागरिकको व्यवस्थापनमा निकै ठुलो चुनौति छ । ’

मानिसहरु धमाधम भित्रिन थालेपछि कर्णालीमा उच्च जोेखिम बढेको स्थानीय बताउँछन् । स्थानीयले भित्रिने मानिसहरुको उच्च निगरानी राख्नको लागि आग्रह गरेका छन् । स्थानीय सरकार अलपत्र नागरिकको उद्धार गर्दैछनन्, स्थानीय सरकार लकडाउनको पूर्ण पालना गराउन चाहन्छ । आउनेको संख्या हेर्दा २ सय ८० जना मात्र क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
 
 
 

प्रकाशित: १२ वैशाख २०७७ १६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App