५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दयनीय अवस्थामा अस्पतालः न चिकित्सक न उपकरण

जनकपुरधाम  - प्रदेश २ मा संख्यात्मक रुपमा निजी तथा सरकारी अस्प्तालको संख्या पर्याप्त देखिए पनि जनशक्ति, उपकरण र पुर्वाधार अभावमा बाहिरकै भर मात्र पुर्नपरेको छैन, कतिपयले अकालमै ज्यान समेत गुमाउनु परेको छ।

समाजिक विकासमन्त्रालयका अनुसार साढे ६१ लाख प्रक्षेपित जनसंख्या रहेको यो प्रदेशमा १३ वटा सरकारी अस्प्ताल, दुई वटा मेडिकल कलेज र  करिब ६० वटा निजी अस्प्ताल छन्। तर प्रदेशको जनसंख्या, अस्पतालको संख्याको अनुपातमा चिकित्सक, प्राविधिक र उपकरणको संख्या एकदमै न्युन छ। यसले विरामीलाई समस्या त भएकै छ, चिकित्सकहरुलाई समेत जाँचकालागि उतिकै बढी चाप र दबाब छ।  

मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार प्रदेशमा १३ सय शैयाको सरकारी, करिब तीन हजार शैयाको निजी र १५ सय ५० बेड क्षमताको शिक्षण अस्प्ताल रहेका छन्। तर अस्पतालमा रोग अनुसारका विशेषज्ञ चिकित्क मात्र नभइ विरामीको चाप अनुसार चिकित्क तथा प्राविधिक र उपकरणको संख्या समेत न्युन रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ। आँखा बाहेक कुनै विशेष रोगको एउटै अस्प्ताल नरहेको प्रदेश २ मा जटिल रोग, शल्यक्रिया र स्वास्थ्य नमुना परिक्षणकालागि अझै विराटनगर, धरान, भरतपुर र काठमाडौँकै भर पर्नुपरेको छ। 

प्रादेशिक अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. जामुन सिंहका अनुसार प्रदेश २ मा जटिल दुर्घना, हृदयघात र १ महिनादेखि १४ वर्षसम्मका बालबालिकाकालागि आइसियू सेवा नभएकाले कतिपयले अन्यत्र जाँदाजाँदै अकालमै ज्यान गुमाउनु परेको छ। प्रदेशभरका अस्प्तालहरुमा विरामीको चाप उच्च रहेपनि उपकरण र चिकित्सकको धेरै पुरानो दरबन्दी अनुसार जनशक्ति रहेका कारण समेत उपचारमा कठिनाइ भएको उनी बताउँछन्।

४० वर्षअघिकै दरबन्दीमा पनि चिकित्सक तथा कर्मचारीसंख्या न्यून

समाजिक विकासमन्त्रालयको स्वास्थ्य निर्देशनालयका अनुसार करिब ४० वर्षअघि चिकित्सक, प्राविधिक तथा कर्मचारीको सरकारी दरबन्दी कायम गरिएकै आधारमा प्रदेशभरका सबै सरकारी अस्पताल चलेको छ।

प्रादेशिक अस्प्ताल जनकपुरमा २०३० साल अघिको चिकित्सकको सरकारी दरबन्दी १ सय ४६ जना रहेकोमा सरकारले ९५ जना मात्र खटाएपछि विकास समिती मार्फत चिकित्सक सहित करिब १ सय ६० जना कर्मचारी भर्ना गरी अस्पताल चलाइएको छ। 

कायम गरिएको पुरानो दरबन्दीले विरामीको चाप थेग्न सक्ने अवस्था नभएपछि अस्पताल विकास समितीबाट चिकित्सक राखेर अस्पताल चलिरहेको छ। 

सर्लाहीको मंलगंवा अस्प्तालमा चिकित्सक, प्राविधिक तथा अन्य कर्मचारी सहित जम्मा ३५ जनाको दरबन्दी रहेकोमा १२ जना मात्र कार्यरत छन्। प्रशासनिकतर्फ समेत ५१ जनको दरबन्दी रहेकोमा २० जना मात्र कार्यरत छन्। 

अस्पतालको प्रशासनिक तर्फसमेत ५१ जनाको दरबन्दी रहेकोमा २० जना कार्यरत छन्। रौतहटको गौर अस्प्तालमा ५२ जनाको दरबन्दी रहेका छन्। तर चिकित्सक, प्राविधिक र अन्य कर्मचारी सहित २४ जनालाई मात्र खटाइएपछि विकास समितीमार्फत १५ जना कर्मचारी भर्ना गरिएको छ। महोत्तरीको जलेश्वर अस्पतालमा २७ जनाको दरबन्दी रहेकोमा १८ जना मात्र कार्यरत छन्। 

सप्तरीको राजविराजस्थित गजेन्द्र नरायणसिंह सगरमाथा  अंचल अस्पतालमा १ सय १ जनाको दरबन्दी रहेकोमा ५० जना मात्र कार्यरत छन्। सप्तरीकै भारदह अस्पतालमा २० जना दरबन्दी रहेकोमा १५ जना मात्र कार्यरत छन्। 

यसैगरी सिरहा जिल्लास्थित सिरहा अस्पतालमा ५८ जनाको दरबन्दी रहेकोमा २८ जना कार्यरत रहेका छन्।  सिहाकै लहान अस्पतालमा २९ जनाको दरबन्दी रहेकोमा मात्र २१ जना कार्यरत रहकोे निर्देशनालयको तथ्यांकमा उल्लेख छ। बारको कलैया अस्पतालमा ३७ जनाको दरबन्दी रहेकोमा २१ जना कार्यरत छन्। यस्तै प्रशासनिकतर्फ समेत ५८ जनको दरबन्दी रहेकोमा २६ जना मात्र छन्। पर्साको पोखरीया अस्पतालमा २४ जनाको दरबन्दी रहेकोमा १९ जना मात्र कार्यरत छन्। 

कस्ता चिकित्कस कति छन् ? 
मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार प्रदेश २ को १३ वटै सरकारी अस्प्तालमा कुल ७० जना मात्र कनसल्टयान्ट फिजिसियन रहेका छन्। जसमध्ये प्रादेशिक अस्प्ताल जनकपुरमा २१, नरायणी क्षेत्रीय अस्प्ताल वीरगंजमा २२, सगरमाथा अस्पताल राजविराजमा १३, सिरहा अस्प्तालमा १, लहान अस्प्तालमा १, जलेश्वर अस्प्तालमा १, बर्दिबास अस्पतालमा १, कलैया अस्प्तालमा ४, गौर र मंलगवा अस्पतालमा ३/३ जना रहेका छन्। पोखरीया, भारदह र चन्द्रनिगाहपुर अस्पतालमा कन्सलटयान्ट फिजिसिन नै छैनन्। आठवटै जिल्लाका १३ वटा सरकारी अस्प्तालमध्ये प्रादेशिक अस्प्तालमा २, नरायणी र सगरमाथा अस्पतालमा १÷१ जना एनेस्थिेसियोलजिस्ट मात्र छन्। 

९ वटा अस्पतालमा उपचारको क्रममा अन्य चिकित्सकले नै विरामीलाई बेहोस गर्ने गरेका छन्। प्रादेशिक अस्पतालमा दुइ जना बाहेक प्रदेश २ का कुनै सरकारी अस्पतालमा प्याथोजजिस्ट नै छैनन्। प्रोशिक अस्प्ताल जनकपुरमा १ जना बाहेक माइक्रोबायलोजस्टि÷भाइरोलजिस्ट समेत छैन्। प्रदेशका आठवटै जिल्लाका सरकारी अस्पतालमा १ सय २८ जना मात्र मेडिकल अधिकृत छन्। 

जसमध्ये प्रादेशिक अस्पतालमा ४९, नरायणीमा १९, पोखरीयामा २, सगरमाथामा १४, भारदहमा १, सिरहामा ७, लाहानमा ४, जलेश्वरमा ६ बर्दिबासमा २, मलंगवामा ९, गौरमा ४, चन्द्रनिगाहपुरमा ३ र कलैया अस्पतालमा ८ जना रहेका छन्। यस्तै प्रादेशिक अस्पतालमा २, नरायणीमा २, सगरमाथामा २ र कलैयामा १ गरी प्रदेशभरका सरकारी अस्प्तालमा ७ जना नर्सिङ अधिकृत मात्र कार्यरत छन्। यस्तै प्रदेशका सरकारी अस्प्तालमा १६ जना दन्त सर्जन रहेका छन्। 

प्रादेशिक अस्प्तालमा ७, गौरमा ३, मलंगवा र सगरमाथामा २÷२ र कलैया, नरायणी अस्पतालमा १÷१ जना रहेका छन्। यस्तै प्रादेशक अस्पतालमा ५ जना बाहेक अन्य कुनै अस्पतालमा नर्सिङ इन्सटक्टर छैनन्। यसैगरी प्रादेशका सरकारी अस्प्तालमा १ सय ४२ जना स्टाफ नर्स कार्यरत रहेका छन्।

जसमध्ये प्रादेशिक अस्पतालमा ५१, नरायणीमा २९, सगरमाथामा २७, पोखरीयामा १, भारदहमा २, सिरहामा ५, लहानमा ३, जलेश्वरमा १, बर्दिबासमा ३, मंलगवामा ९, गौरमा १, चन्द्रनिगाहपुरमा ४ र कलैया अस्प्तालमा ६ जना रहेको स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ। यस्तै प्रदेशका आठवटै जिल्लाका सरकारी अस्पतालमा गरी एनेस्थेसिया एसिस्टेन्ट ९, अनमी ९३, एचए ३२, अहेव ८७, रेडियोग्राफर १७, डार्क रुम असिस्टेन्ट १२, ल्याब टेकनलजिस्ट ५, ल्याब टेकनिसियन २९, ल्याब असिस्टेन्ट २५, बायो मेडिकल टेक्निसियन १ र मेडिकल रेकर्डर ८ जना मात्र रहेका छन्। 

यस्तै समाजिक विकासमन्त्रालयको स्वास्थ्य महाशाखाले दिएको तथ्यांक अनुसार आठवटै जिल्लाका निजी अस्पतालमा १ सय २३ जना कसलटयान्ट फिजिसियन, ११ जना एनेसथेसियालजिस्ट, ३ जना प्याथोलजिस्ट, ५ जना माइक्रोबायलजिस्ट, १ सय ३१ मेडिकल अधिकृत, २१ नर्सिङ अधिकृत, ५ डेन्टल सर्जन, नर्सिंङ इन्सटक्टर १२, स्टाफ नर्स २ सय १७, एनसथेसिया असिस्टेन्ट १३, अनमी  १ सय ८५, एचए १ सय ६६, अहेव १ सय ७८, रेडियो ग्राफर ४१ , १३ जना डार्क रुम असिस्टेन्ट, ल्याब टेक्नलजिस्ट २६, ल्याब टेकनिसियन ४९, ल्याब असिस्टेन्ट ७७ र मेडिकल रेकर्डर मात्र १४ जना रहेका छन्।     

उपकरणको अवस्था
प्रदेश २ का सरकारी अस्पतालमा मात्र नभइ निजी अस्पतालमा समेत उपकरण र चिकित्सक टिमको अभावले विरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता छ। प्रदेश २ मा आँखाको उपचार बाहेक कुनै रोगको उपचारकालािग कुनै स्पेसिफक अस्पताल समेत नरहेको अवस्था छ। 

रेडक्रस र अन्तर्राष्ट्रिय सहयोगबाट सिरहाको लहान र जनकपुरमा आँखाको उपचार भइरहेको छ। त्यस बाहेक प्रदेश २ शहीद गंगालाल अस्पतालको शाखाको रुपमा जनकपुरमा अवस्थित मुटु रोगको समान्य उपचार मात्र भइरहेको छ। प्रदेशमा मुटु, फोक्सो, किडनी, ब्रेन, लगायतको शल्यक्रिया, हृदयघात, क्यानसर लगायतका रोगको समयमै उपचार नहुँदा उपचार नपएार समेत कतिपयले ज्यान गुमानु परेको छ। निजी र सरकारी क्षेत्रका गरी तीन हजार बढी बेड क्षमता भएका प्रदेश २ का अस्पतालमा मात्र १ सय ५० वटा आइसियु बेड रहेका छन्। जसमध्ये प्रादेशिक अस्प्ताल जनकपुरमा १० र नरायणी अस्पताल वीरगंजमा ५ गरी सरकारी अस्प्तालमा मात्र १५ वटा आइसियु बेड रहेका छन्। 

यस्तै नेशनल मेडिकल कलेज वीरगंजमा २६, जानकी मेडिकल कलेज रमदैयामा १०, फुलकुमारी मेमोरियल हस्पिटल सिरहामा ४, आरके मेडिसिटी सिरहामा ५, वीरगंजस्थित रहेका नरायणी बयोधा हस्पिटलमा १२, गण्डक हस्पिटलमा ८, वीरगंजक हेल्थ केयर हस्पिटलमा १०, तराइ हस्पिटल एण्ड रिर्सच सेन्टरमा १०, श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा ५, एल एस जेनलरल एण्ड न्युरो हस्प्टिलमा ११, प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरमा ४, श्री एडभान्स मेडिकेयर हस्पिटलमा ३, नेपाल इन्डो हस्पिटल एण्ड आइ सेन्टरमा ९, जनकपुरस्थ्ति जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर, रामजानकी, काव्या र धनुषा हस्प्टिलमा ६÷६ वटा आइसियु बेड रहेका छन्। प्रदेशका सरकारी अस्पतालमा ७ वटा मात्र भेन्टिलेटर कक्ष रहेका छन्।

जसमध्ये नरायणी अस्पतालमा १, सगरमाथामा ४ र प्रादेशिक अस्पतालमा २ वटा रहेका छन्। यस्तै नेशनल मेडिकल कलेज वीरगंजमा ३० र जानकी मेडिकल कलेजमा ३ वटा भेन्टिलेटर रहेका छन्। फुलकुमारी मेमोरियल हस्पिटल, आरके मेडिसिटी, श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल इन्डो हस्पिटल एण्ड आइ सेन्टरमा १/१, युनिक हस्पिटल राजविराज, गण्डक हस्पिटल, प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर वीरगंज, जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर र काव्या  हस्पिटलमा २/२, वीरगंज हेल्थ केयर हस्पिटल र तराइ हस्पिटल एण्ड रिसर्च सेन्टरमा ३/३, नरायणी बयोधा हस्पिटल र एलएस न्युरो एण्ड न्युरो हस्पिटलमा ४÷४ गरी प्रदेशमा जम्मा ६९ वटा भेन्टिलेटर रहेका छन्। यस्तै स्वास्थ्य महाशाखाका अनुसार प्रदेशभरमा एउटा पनि अक्सिजन प्लान्ट नै छैन्। 

प्रदेश २ को अस्थायी राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालमा दिनहुँ करिब हजार बढीको संख्यामा चेकजाँच तथा उपचारकालागि विरामी आउने गर्छन्। अस्प्तालमा कम्तीमा तीन वटा पोर्टेबल एक्सरे मेसिन आवश्यक रहेकोमा एउटा मात्र डिआर एक्सरे मेसिन रहेका छन्। त्यो पनि हालसम्म विकास समितीबाट करारमा राखिएको ४ जना सहायक  रेडियोलजिस्टको भरमा चलेको छ। सिटी स्क्यानको प्रयोग पर्याप्त रहेपनि प्रादेशिक अस्पतालमा चौविसौ घण्टा एउटै मेसिनले थेगेको छ। अस्पतालका अनुसार सो मसिन संचालनकालागि तालिमप्राप्त कर्मचारी समेत नरहेको अवस्था छ। 

रेडियोग्राफरको दरबन्दी नै सृजना नभएकाले कर्मचारी व्यवस्थापनमै अस्प्ताललाई समस्या परेको बताइएको छ। अस्प्तालका कम्तीमा चार जना सिटी स्कयान रेडियो ग्राफर आवश्यक छ तर स्वंयम सेवकको रुपमा कार्यरत दुइ जना १० हजार र दुइ जना तीन वर्षदेखि अनवरत कार्यरत छन्। अस्पतालमा हालसम्म एउटामात्र युएसजी संचालनमा छन्। 
बाहिरांग, अंतरंग, आकस्मिक, प्रयोगशाला, इसीजी, अल्ट्रासोनोग्राफी सेवा, सिटी स्क्यान, सुरक्षित मातृत्व, परिवार नियोजन, क्षयरोग नियन्त्रण, ए.आर.भी, एचटिसी, एरटिभी, पोषण पुनस्र्थापन, खोप, रक्त संचार, शल्यकृया, फार्मेसी, आइसियु, एनआइसीयु, डाइलाइसिस र दन्त सेवागरी २२ प्रकारका सेवा प्रादेशिक अस्पतालले प्रदान गरिरहेको छ। अस्प्तालमा आइसियु, एनआइसियु र पिडियाट्रीक वार्डमा क्रमश ः ८, ११ तथा २१ बेडमात्र रहेकाले यी बेड संख्याहरु आवश्यकक्ता भन्दा निकै कम भएकाले विरामीलाई भर्ना नै नगरी फर्काउनु परेको चिकित्सकहरु बताउँछन्। 

‘प्रदेशमा कतै १ महिनादेखि १४ वर्षसम्मका बालबालिकाकालागि पिडियाट्रीयक आइसीयु नहुँदा विरामीलाई धरान र विराटनगर पठाउनुपर्ने बाध्यता छ। कति त जाँदाजाँदै बाटोमै मर्छन,’ अस्पतालका बालरोड विशेषज्ञ डा. जामुन सिंहले भने।   

उनका अनुसार प्रदेशमै सबैभन्दा धेरै सर्जनका अभाव छन्। ‘न सर्जन टिम छ। न अप्रेशन थियेटर न पोष्ट अपरेटिभ वार्ड। कुनै रोगको विशेषज्ञ  समेत भेटिन मुस्किल छ,’ सिंहले थपे। यस्तै विरामीको चाप उच्च भएपनि उपकरण र जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको नरायणी अस्प्तालका मेडिकल सुप्रिन्टेन्डेन्ट डा.मदन उपाध्यायले बताए। उनका अनुसार दरबन्दी रहेको १ सय २९ जना चिकित्सक मध्ये ६० प्रतिशत मात्र चिकित्सक, प्राविधिक तथा प्रशासनिक तर्फका कर्मचारी रहेका छन्।

प्रकाशित: ९ वैशाख २०७७ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App