५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

रौतहटमा ९ जना पाकिस्तानी निगरानीमा

रौतहट – धर्म प्रचारको नाममा रौतहटमा नौ जना पाकिस्तानी नागरिकलाई निगरानीमा राखिएको छ। गत चेत ४ देखि रौतहटको विभिन्न ठाउँमा धर्म प्रचारको क्रममा रहेका नौ जना पाकिस्तानी नागरिकलाई रौतहटको देवाही गोनाही नगरपालिकाको करुनियास्थित मस्जिदमा निगरानीमा राखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

नेपालमा लकडाउन हुनभन्दा पहिलादेखि नै धार्मिक भिसामा रहेका पाकिस्तानी नागरिकहरु महम्मद यसुफ, जैनुल्लाह, सम्सुल्लाह खान, महम्मद फवाद, रइस खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाह रहेको र सबैलाई करुनियास्थित मस्जिदमा नै निगरानीमा राखिएको प्रजिअ वासुदेव घिमिरेले बताएका छन्। 
 

प्रकाशित: २६ चैत्र २०७६ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App