९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

ऊर्जामन्त्री पुनद्वारा स्वास्थ्य सामग्री प्रदान

मन्त्री पुनले रोल्पा पठाएका स्वास्थ्य सामाग्री।

रोल्पा – ऊर्जा मन्त्री वर्षमान पुनले गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन्। मन्त्री पुनले पठाएका स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री मंगलवार जिल्ला प्रशासन कार्यालय रोल्पालाई हस्तान्तरण गरिएको छ।

मन्त्री पुनको पहलमा मन्त्रालयबाट १० थान र आफ्नो लगानीमा ९० थान गरि १ सय थान पीपीई सेट, ग्लोभ्स मन्त्रालयबाट १ सय ५० थान र आफ्नो पहलमा १ हजार थान रोल्पा पठाएका छन। मंगलवार रोल्पा आएका अन्य सामाग्रीमा सेनिटाईजर साढे ६ लिटर र मास्क १ हजार पीस रहेको छ।

पर्याप्त पीपीई र अन्य सामाग्रीको अभावमा महामारीका बेला स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेको अबस्थामा अत्यावश्यक स्वास्थ्य सामग्री आए पछि स्वास्थ्यकर्मीलाई सेवा प्रबाहमा सहज हुने छ। संकट ब्यबस्थापन केन्द्र तथा जिल्ला कमाण्ड फोर्सका संयोजक प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार रोल्पा आएका स्वास्थ्य सामग्री जिल्ला अस्पताल सहित बिभिन्न स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने छ।

जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री संकलन गरिएको उनका सहयोगी संन्तोष पुनले बताए। यसअघि मन्त्री पुनले नै पठाएका ४० थान पीपीई, ४ हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मोमिटर लगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र ९ गाउँपालिका मार्फत बिभिन्न स्वास्थ्य संस्थाहरुमा पुगिसकेका छन्।

अबको आवस्यकता भिटिएम 
कोरोनाको संक्रमण भए नभएको स्याम्पल टेस्ट गर्न स्वाव संकलन गरिने उपकरण (भिटिएम) रहेको अस्पतालले जनाएको छ। केहि दिन अगाडी मन्त्रालयबाट ल्याईएको ९ थान मध्य ४ थान भिटिएम प्रयोग भईसकेको छ।

प्रकाशित: २५ चैत्र २०७६ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App