४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

११ जनाको रिपोर्ट नेगेटिभ

वीरेन्द्रनगर - कर्णाली प्रदेशबाट पछिल्लो समय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएका ११ वटा स्वाव परीक्षण कोरोना भाइरस नेगेटिभ देखिएका छन् । ज्वरो आउने, स्वासप्रश्वास समस्या देखिएपछि कोरोना भाइरसको शंकामा उनीहरूको स्वाव नमुना परीक्षणका लागि केही दिन अगाडि काठमाडौं पठाइएको थियो ।

यसभन्दा अघि कर्णालीबाट १७ जनाको स्वाब परीक्षण गरिएको थियो । ती सबैको नमुना परीक्षण नेगेटिभ (कोरोना नभएको) देखिएका थिए । साथै कोरोना परीक्षण प्रयोगशालाका लागि आवश्यक सामग्री सुर्खेत पुगेको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

 

प्रकाशित: १९ चैत्र २०७६ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App