२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

'थप २३५ आइसियू बेड तयार हुँदै'

फाइल तस्बिर

काठमाडौं – स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले २ सय ३५ वटा सघन उपचार शड्ढया (आइसियू बेड) बनाउन लागेको जानकारी दिएका छन्। राष्ट्रियसभा बैठकमा आइतबार स्वास्थ्यमन्त्रीले सम्भावित जोखिमलाई ध्यान दिई उपत्यकाभित्र १ सय २० र उपत्यकाबाहिर १ सय १५ वटा श­ड्ढया तयार पार्ने निर्णय भएको बताए। हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १ सय ७० वटा सघन उपचार शड्ढया छन् भने सम्भावित कोरोना संक्रमितको उपचार गर्न १ सय ५५ वटा आइसोलेटेड शड्ढया तयार पारिएका छन्।

मन्त्री ढकालले कोरोना उपचारका लागि काठमाडौं उपत्यकामा तीनवटा अस्पताल छुट्याइएको बताए। कोरोना प्रवेश भइहाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा त्यसबाट संक्रमितको मात्र उपचार गर्ने व्यवस्था मिलाइने र वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोना संक्रमितको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी रहेको उनले बताए। छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण देखिएकाले नेपालमा जोखिम बढेको उनले स्पष्ट पारे। देशबाहिर जाने १ सय २९ नाकामध्ये ४३ नाकामा स्वास्थ्य विन्दु राखिएको उनले बताए। भारतको चारवटा नाकाबाट नेपाल प्रवेश गर्ने व्यवस्था गरिएको उनले बताए। औषधिको जोहो गर्ने कार्यमा सरकार लागेको, छिमेकी मुलुकसँग जोडिएका १ सय २८ स्थानीय तहलाई कडा सावधानी अपनाउन २१ बुँदे निर्देशन जारी गरेको, प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिएको समेत उनले जानकारी दिए।

त्रिभुवन विमानस्थल भएर आउनेमध्ये कोरोना संक्रमण धेरै भएका देश हुँदै आउनेलाई १४ दिन अनिवार्य सेल्फ वा होम क्वारेन्टाइनमा बस्न भनिएको स्वास्थ्यमन्त्रीले जानकारी दिए। होम क्वारेन्टाइनमा बस्दा सुक्खा खोकी, ज्वरोलगायतका लक्षण देखिए अस्पताल लैजाने उनले बाए। रिपोर्ट पोजेटिभ आए सम्पूर्ण उपचारको जिम्मा राज्यले लिने उनले बताए।

कक्षा १ देखि ९ सम्म अध्ययनरत झन्डै ५० लाख विद्यार्थीको वार्षिक परीक्षा चैत ५ गतेभित्र सकिने र त्यसपछि स्वतः एक महिना विद्यालय बन्द रहने उनले जानकारी दिए। एसईई परीक्षा तालिकाबारे भने संक्रमणको अवस्था हेरेर निर्णय हुने उनले बताए। नेपालमा कसैलाई कोरोनो नदेखिए पनि नियन्त्रणमा लिनसक्ने गरी काम भइरहेको उनले बताए।

स्वास्थ्यमन्त्रीले हालसम्म ४ सय ३४ जनामा परीक्षण गर्दा कसैलाई पनि कोरोना भाइरस नदेखिएको जानकारी दिए। उनले भने, ‘सबै रिपोर्ट नेगेटिभ आएका छन्।’ ९ जनवरी २०२० मा चीनबाट नेपाल आएका एक विद्यार्थीले १३ तारिखमा परीक्षण गराउँदा कोरोनाको भाइरस देखिएको तर १० दिन अस्पतालमा उपचार गरेर पुनः परीक्षण गराउँदा कोरोनाको भाइरस नदेखिएको उनले बताए। कोरोना संक्रमण फैलिन नदिन नेपालले पनि पर्यटक भिसा रोकेको उनको भनाइ थियो।

यसैबीच विभिन्न अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थप नौजनाको नमुना परीक्षण प्रक्रिया सुरु भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। यसअघि दसजनाको कोरोना परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको प्रयोगशालाका सूचना अधिकृत डा. राजेश गुप्ताले बताए।

पछिल्लो समय पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, नेपालगन्ज, जनकपुरलगायतका अस्पतालमा नमुना लिइएका हुन्। यसअघि धेरैजसो नमुना राजधानीका अस्पतालबाट आउने गरेकोमा पछिल्लो समय उपत्यकाबाहिरका अस्पतालबाट समेत आउन थालेको डा. गुप्ताले बताए। मौसमी फ्लुसँग कोरोनाको लक्षण मिल्दोजुल्दो भएकाले मानिस सजग भएर अस्पताल जान थालेका छन्। ‘बिरामी आफंै सजग भएर अस्पताल आएको देखिन्छ,’ उनले भने।

विश्व स्वास्थ्य संगठनका अनुसार विभिन्न मुलुकका गरी एक लाख ४२ हजार ६ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ५ हजार ३ सय ९३ जनाको मृत्यु भइसकेको छ।

सरकारले तयार पा-यो रणनीति
उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समन्वय समितिकोे बैठकले कोरोना रोकथाम रणनीति तयार पारेको छ। समितिका सदस्यसचिव नारायणप्रसाद बिँडारीले कोरोना रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहले गर्नुपर्ने कामको जिम्मेवारी तोकिएको बताए।

रणनीतिमा सातै प्रदेशमा बिएसएल टु लेबलको प्रयोगशाला बनाउनेतर्फ योजना बनाएर अगाडि बढ्ने उल्लेख छ। त्यस्तै मास्क र सेनिटाइजरजस्ता अत्यावश्यक सामान विशेष तरिकाबाट अन्य मुलुकबाट खरिद गरी भिœयाउने सरकारको रणनीति छ। रणनीतिमा शंकास्पद बिरामीलाई नेपाल प्रदेशमा रोक लगाउने, स्वास्थ्य निगरानी र प्रयोगशाला सुदृढीकरण गर्दै लैजानेदेखि नागरिकमा सचेतना अभिवृद्धिसम्मका विषय समेटिएका छन्।

निगरानी र क्वारेन्टाइनको व्यवस्था प्रभावकारी बनाउनुका साथै नाकामा आवागमनलाई निगरानी गर्ने रणनीतिमा उल्लेख छ। बिरामी आइहाले उपचार र व्यवस्थापन अलग ढंगले प्रभावकारी बनाउँदै लैजाने, यसका लागि संघ, प्रदेश र स्थानीय तहले समन्वय गरी समूह तथा समुदायलाई परिचालन गर्ने रणनीतिमा जनाइएको छ।

प्रकाशित: ३ चैत्र २०७६ ००:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App