२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

दिल्लीबाट फर्केका युवामा 'कोभिड–१९' संक्रमणको शंका

लहान- भारतको नयाँ दिल्लीबाट मजदुरी गरी पर्केका एक युवकलाई कोभिड १९ संक्रमणको आशंकामा उपचारका लागि जानकी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालमा पठाइएको छ। तीन दिनअघि घर फर्केका भगवानपुर गाउँपालिका–४ ठाढीका २२ वर्षिय शिवा पासवानलाई आइतबार प्रारम्भिक जाँचपछि उच्च ज्वरो लगायतका कोरोनाका लक्षण देखिएको छ।

पासवानलाई प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुरमा प्रारम्भिक स्वास्थ्य जाँच गरिएको थियो। टाउँको दुख्ने, शरीर दुख्ने लक्षणसहित उनको शरीरको तापक्रमण १०१ डिग्री मापन गरिएको भगवानपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण मण्डलले बताए।

कोरोना प्रभावित क्षेत्रबाट फर्केका युवकलाई ज्वरो लगायतका लक्षण देखिएपछि जानकी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालमा पठाइएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। थप उपचार तथा कोभिड–१९ को जाँचका लागि उनलाई एम्बुलेन्सबाट जनकपुर पठाएको प्रजिअ अधिकारीले बताए। जानकी मेडिकल कलेजमा आइसोलेसन वार्ड उपलब्ध छ। कोरोना प्रभावित क्षेत्रमा काम गरी फर्केका उनलाई आइसोलेसनमा राखेर परिक्षणबाट कोरोनाको संक्रमण नभएको पूर्ण पुष्टिका लागि पठाइएको छ प्रजिअ अधिकारीले भने,‘पासवानको ठाढीस्थित घर क्वारेन्टाइन गरिएको छ।’

सीमावर्ती नेपाली गाउँहरुबाट सैयकडौ युवाहरु भारतको दिल्ली, हरियाना, युपी, केरल, अहमदाबाद लगायतका स्थानमा रोजगारीका लागि गएका छन्। भारतका यी स्थानहरुमा कोरोनाका विरामी फेला परेपछि उनीहरु धमाधम गाउँ फर्किरहेका छन्। जसका कारण मधेसका गाउँहरुमा कोरोनाको जोखिम बढेको छ।
 

प्रकाशित: २ चैत्र २०७६ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App