२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रभावकारी भएन सडक मानवमुक्त अभियान

काठमाडौं – काठमाडौं महानगरपालिकाले बेसहारा, अशक्त, असहाय, सहयोगापेक्षी सडक मानवमुक्त अभियानको सुरु गरेको थियो। अभियान सुरु भएको तीन महिना नपुग्दै पूरानै अवस्थामा पुगेको छ। स्क्रिनिङ सेन्टरले परिवारलाई जिम्माका व्यत्तिहरू पुनः सडकमै फर्किएका छन्।

गत मंसिर २९ गते महानगरपालिकाले २५औँ स्थापना दिवसको अवसरमा सडक मानवमुक्त सहर घोषणा गरेको थियो। अहिले उपत्यकाको सडक पेटी तथा धार्मिक एवं पर्यटकीय क्षेत्रमा बाक्लै सडकमा माग्दै गरेकाहरू पाइन्छन्। पशुपतिमा अहिले दैनिक १० जनाभन्द बढी सडक माग्नेहरूको रहेको बताइएको छ। महानगररले उपत्यका विभन्न पर्यटकीय तथा धार्मिक स्थालमा सडक माग्नेलाई प्रवेश निषेध नै गरिएको थियो। महानगरले थालेको यो अभियान तीन महिना नपुग्दै पूरानै अवस्थामा पुगेको छ। अहिले स्वयंबु, बौद्ध, पशुपति, सुन्धारा, नयाँबसपार्कलगायतका सडकपेटीमा माग्नेको अवस्था पहिलेको जस्तै देखिन्छ। यसअघि महानगरले ती सबै क्षेत्रका सडकपेटीमा माग्न पूर्णरूपमा बन्द गरेको थियो।

वास्तविक बेसहारा, सहयोगापेक्षी मानवहरूको पहिचान गरी उनीहरूको जीवनरक्षा गर्न तथा बरालिएर वा अन्य विभिन्न कारणहरूबाट सडकमै अस्तव्यस्त जीवनयापन गर्नेहरूलाई निरुत्साहित गर्न स्क्रिनिङ सेन्टर सञ्चालनमा ल्याइएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए।

काठमाडौं महानगरपालिका क्षेत्र भित्रका विभिन्न वडामारहेका बेसहारा, अभिभावकविहिन, सहयोगपेक्षी सडक आश्रित मानवको व्यवस्थापन गर्ने लक्ष्यसहित अभियान सुरु भएको महानगरका प्रवक्ता ईवश्रमान डंगोलले बताए। महानगरले उपत्यकाको विभिन्न स्थानका सडकपेटी र सार्वजनिकस्थलबाट सात सय ४९ जनाको उद्वार गरेर बालाजुस्थित स्क्रिनिङ सेन्टरमा राखिएको छ। उद्वार गरेकामध्ये अधिकांश पुरुष रहेका छन्। ६ सय २० जना पुरुष रहेका छन् भने एक सय २९ जना महिला रहेको बालाजु मानव सेवा आश्रमले जनाएको छ। उद्वार गरिएकामध्ये ४५ भने स्वास्थ्य समस्या देखिएकोले उपचार गराइएको छ, भने उपचारकै क्रममा अहिलेसम्म सात जनाको मृत्यु भएको वाग्मती प्रदेशका मानवसेवा संयोजक सुमन बर्तौलाले जानकारी दिए। उनकाअनुसार जीवनशैली र अत्याधिक मदिरा सेवनको कारण कलेजोले काम गर्न छाडेकापछि उनीहरूको मृत्य भएको हो। अहिले ७१ जना बालाजुस्थित स्क्रिनिङ सेन्टरमा रहेको छ। यस अभियानलाई सफल बनाउन महानगरले मेयर शाक्यकै संयोजकत्वमा मुलसमिति बनेको छ।

प्रकाशित: २९ फाल्गुन २०७६ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App