८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

‘व्यवसायमा अवसर प्राप्त छ’

भक्तपुर - नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले व्यापार व्यवसाय सञ्चालन गर्नेहरूका लागि अहिले प्राप्त अवसर रहेको बताएका छन्। पहिला राजनीतिक अस्थिरता, लोडसेडिंग तथा बन्द हड्तालका कारण बाधा हुने गरेपनि अहिले त्यस्तो नभएको उनको भनाइ थियो। भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ‘उद्योग वाणिज्यको विकासमा बैंकको भूमिका सम्बन्धि अन्तक्रिया कार्यक्रममा कार्यकारी अधिकृत शाहले व्यवसायलाई सहयोग गर्नका लागि आफूहरू तयार रहेको बताए।

‘हामीसँग पूँजी छ, तपाईहरूले मेहेनत गर्नुहोस् लगानी आवश्यक परेमा सहयोग गर्न हामी तयार छौं।’ उनले भने। वास्तविक रूपमा नेपालीलाई समृद्ध बनाउका लागि सबैले आ आफ्नो ठाउँबा लाग्नुपर्ने उनको भनाइ थियो। तरकारीमा प्रख्यात भक्तपुरको मिठोमा उत्पादन भएको तरकारी नेपालका सबै ठाउँमा पु-याउनुपर्नेमा जोड दिए। कृषि क्षेत्रमा लगानी आवश्यक परेमा पनि बैंकहरूले लगानी गर्ने उनले बताए।

गाउँमै लाखौं आम्दानी गर्न सकिने वातावरण भएको अवस्थामा विदेश जानुपर्ने अवस्थालाई अन्तय गर्नका लागि व्यवसायलाई जोड दिनुपर्ने उनको भनाइ थियो। कृषि तथा अन्य व्यापार व्यवसायमा बैंक तथा वित्तिय संस्थाहरूले पनि प्राप्त लागनी गर्ने भएकाले सबै व्यवसायमा सक्रिय हुन कार्यकारी अधिकृत शाहले आग्रह गरे। कार्यक्रममा कार्यकारी अधिकृत शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठबीच बैंक र संघका सदस्यहरूलाई व्यवसाय प्रवद्र्धन तथा सेवा सुलभ तवरबाट उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शिब मानन्धरले संघले आफ्ना सदस्यको हकहितका लागि निरन्तर काम गर्दै आएको बताए। त्यसैअनुसार उक्त सम्झौता भएको उनको भनाइ थियो।

प्रकाशित: ७ फाल्गुन २०७६ ०३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App