काठमाडौं- यौन दुर्व्यवहारको आरोपमा गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ। एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले बिहीबार निलम्वन गरेको हो।
बिहीबार एसएसपी राणालाई निलम्वन गर्ने निर्णय भएको भएको गृह प्रवक्ता केदार शर्माले बताए। थप अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार भएको उनले जानकारी दिए।
संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले यौन दुर्व्यवहार गरेको भन्दै धरानकी एक महिलाले उजुरी दिएकी थिइन्।
प्रकाशित: १७ माघ २०७६ ०७:४१ शुक्रबार