७ वैशाख २०८१ शुक्रबार
समाज

रारामा रमाउँदै विदेश चरा

मुगु – नेपालको सबैभन्दा ठुलो ताल रारामा यतिबेला बसाइँसराइ गरी आएका विदेशी चराले भरिभराउ छ। चिसो कटाउन युरोप, साइबेरिया तिब्बत र भारतका विभिन्न ठाउँबाट घुमन्ते चरा रारा भित्रिने क्रम जारी छ।

सिमसार क्षेत्रमा पाइने करिब ४९ प्रजातिका चरा बर्सेनि रारा आउने गर्छन्। अहिलेसम्म रारामा बसाइँ सरी आगन्तुक २० प्रकारका चरा रारामा आइसकेका रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ।

विदेशी चरा आउने क्रम सुरु भएसँगै रारामा पर्यटकीय गतिविधि बढ्दै गएको छ । युरोप र एसिया महादेशका विभिन्न देशबाट जाडो छल्न बर्सेनि घुमन्ते प्रजातिका चरा रारा आउने गर्छन्। रारामा हालसम्म रेकर्ड गरिएका ४९ प्रकारका चरामध्ये यो मोसममा अहिलेसम्म २० प्रकारका चरा आइसकेका र थप प्रजातिका चराहरू थपिने क्रम जारी रहेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए ।

संरक्षण अधिकृत भण्डारीका अनुसार रारामा बसाइँ सरी आउने हाँस प्रजातिका चरा जाडो सुरु हुने मंसिर महिनादेखि नै रारा आउने र चैतमा गर्मी सुरु भएपछि फर्किने गर्छन्। कुनै–कुनै चरा गर्मीपछि पनि रारामा रमाउन आउने गरेको उनको भनाइ छ।

अहिले रारा चरामय बनेको छ। तालदेखि जंगल क्षेत्रसम्म जताततै विदेशी चरा देख्न सकिन्छ । चिसो मौसममा पनि राराको पानी तातो हुने भएकाले आगन्तुक चराहरू आकर्षित हुने गरेका छन्।

सबैभन्दा बढी भारतको हिमाली क्षेत्र, तिब्बत र युरोपका विभिन्न तालबाट बसाइँ सरेर चराहरू रारामा आउने गरेका छन् । चिसो मौसममा पनि राराको पानी तातो हुने भएकाले आगन्तुक चराहरू आकर्षित हुने गरेका छन्। पश्चिमी मुलुकबाट आएका चराहरू करिब पाँच महिना रारा क्षेत्रमा बस्ने गर्छन्। अहिले रारा चरामय बनेको छ। तालदेखि जंगल क्षेत्रसम्म जताततै विदेशी चरा देख्न सकिन्छ ।

यसैबीच, चरा अवलोकन गर्न रारा राष्ट्रिय निकुञ्जमा आइपुगेकाका नेपाल पक्षी संरक्षण संघमा कार्यरत अनुसन्धान अधिकृत मोहनविक्रम श्रेष्ठका अनुसार सगरमाथाको उचाइभन्दा माथिबाट उड्न सक्ने महत्वपूर्ण खोया हाँस, ग्यालागुज हाँससहित संकटापन्न सूचीमा परेका हाँसहरू रारामा भेटिएका छन्। उनका अनुसार रारा ताललाई ट्रान्जिट स्टेसनजस्तो बनाएर चराहरू आऊ–जाऊ गर्ने गरेका छन्।

रारा ताल आगन्तुक चराका लागि महत्वपूर्ण गन्तव्य मानिन्छ। घुमन्ते चराहरू रारामा प्राप्त हुने आहार खाइसकेपछि मात्रै फर्किने गर्छन्।

चराहरू रुसको साइबेरियाबाट मंगोलिया, चीनको तिब्बत, नेपालका विभिन्न सिमसार हुँदै भारततिर जाने गर्छन्। अनुसन्धान अधिकृत श्रेष्ठका अनुसार रारामा तीन सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् । रारामा गरिएको हिउँदे अवलोकनमा एक सय दुई प्रकारका चरा भेटिएका छन्।

प्रकाशित: २३ पुस २०७६ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App