coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठेकेदारका लापरवाहीकाे विराेध तस्बिरमा (फाेटाेफिचर)

दोलखा - राजधानी आउजाउ गर्ने जिल्लाको मुख्य सडक बिस्तार कार्य ५ बर्ष देखी अलपत्र पार्ने ठेकेदार कम्पनी र त्यसका मालिक विरुद्ध शनिबार दोलखामा नगरकोटको जस्तै जनआक्रोश देखियो।

दोलखाबाट राजधानीका लागी छुटेका र राजधानीबाट आईपुगेका बस तथा गाडीहरुमा स्थानियले स्वस्फुर्त रुपमा ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाका प्रबन्ध निर्देशक दिपक सापकोटाको तस्विर अंकित पोष्टर टाँसेर पठाए।

५ बर्ष देखी दोलखाको मुख्य लाईफलाईन मानिएको सडक बिस्तारको काममा चरम लापरवाही गरेर अलपत्र पारेको, कालोपत्रे नगरेको साथै ठेकेदार कम्पनीकै कारण आफुहरुले सास्ती व्यहोर्नु परेको भन्दै पोष्टरमै आक्रोश पोखिएको थियो। सातदोबाटो चोकमा शनिबार मध्यन्ह तिर जम्मा भएका चरिकोटका स्थानीयले सार्वजनिक बसहरुमा पोष्टर टास्न सुुरु गरेपछि चरिकोट बजार भरी रहेका गाडीका चालक र स्टाफहरुले स्वस्फुर्त रुपमा आफ्ना गाडीहरुमा टाँसेका थिए। चरिकोट बजारका चोक र पोलहरुमा पनि पोष्टर टागिएको छ।  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App