बारा – प्रहरी चौकी गन्जभवानीपुरका प्र्रमुख जटाशंकर साह कलवारलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोेग हेटौैंडाको टोलीले बिहीबार पक्राउ गरेको छ। कार्यालयबाट खटिएको टोलीले प्रहरी नायब निरीक्षक (सई) कलवारलाई ६० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी शिवराज रेगमीले स्थानीय कपडा व्यापारीस“ग कलवारले घुस लिँदै गरेको अवस्थामा कलैया उपमहानगरपालिका–४ मैैदामिलनजिकैबाट पक्राउ गरेको बताए। कलवारलाई अनुसन्धानको लागि हेटौंडामा राखिएको र थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा बुझाइने जानकारी दिए। बाराका प्रहरी प्रमुख विकासराज खनालले निजी स्वार्थमा लागेर प्रहरी संगठनलाई बदनाम गर्ने कार्यमा लाग्नेलाई प्रहरी संगठनभित्र ठाउँ नभएको बताए।
प्रकाशित: १५ कार्तिक २०७६ ०२:३८ शुक्रबार