५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौं जाँदै गरेको बस दुर्घटना, १० जनाको मृत्यु

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकाको भोटसीपामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन्। मृत्यु हुनेहरुको पहिचान खुलेको छैन।

सीपाटारबाट काठमाडौं जाँदै गरेको हेलम्बु यातायातको बा२ ख २७१५ नम्बरको बस दुर्घटना भोडसीपामा शुक्रबार बिहान ९ बजेतिर  दुर्घटना भएको हो। बस भोटसिपास्थित तिखु मोडवाट करिव दुई सय मिटर तल खसेर दुर्घटना भएको हो।

घाइते मध्ये केहीको अवस्था गम्भीर भएकोले मृतकको संख्या संख्या बढ्न सक्ने बताइएको छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेकाे छैन। क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित: २४ आश्विन २०७६ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App