६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विमान विद्रोह पढेपछि

रामरिझन यादव
नेपाली प्रजातान्त्रिक समाजवादी आन्दोलनका एक अथक योद्धा दुर्गा सुवेदीले लेखेको पुस्तक ‘विमान विद्रोह’ ढिलै भए पनि पढें । राजनीतिमा लाग्न खोज्नेहरूका लागि त यो पुस्तक झन् उपयोगी छ । राजनीतिबाट टाढा रहेकाहरूले पनि यो पुस्तक पढ्दै गर्दा थकान अनुभव हुँदैन । हाई काढ्नु पनि पर्दैन ।

म जस्ता सिकारु राजनीतिजीवीका लागि यो एक दिने खुराक मार्गदर्शक नै हो । मूलतः यो पुस्तक एकलकाँटे समाजवादी व्यक्तित्व सुवेदीको दुस्साहसी जीवनको कथा र व्यथा हो, जोसँग थोरै भए पनि म कहीँ न कहीँ सरोकार राख्छु । त्यसैले ढिलै भए पनि समीक्षात्मक टिप्पणी गर्ने जमर्को गरेको छु । यसैबीच के कुरो थाहा पाएँ भने विमान वलायन (अपहरण) का अर्का हर्ताकर्ता वसन्त भट्टराईले पुस्तकमा प्रकाशित केही विषयवस्तुसँग असहमति जनाउँदै ‘हाइजाइकि फोर डेमोक्रेसी’ भन्ने एउटा डकुमेन्ट्री बनाएर प्रदर्शन गर्दै हिँडेका छन् । नेपाली कांग्रेसभित्रको यो प्रश्न कहिल्यै नसुल्झिने विषय हो र यसतर्फ शब्द खर्चिनु यो समीक्षाको ध्येय होइन । तर, सुवेदीको यो महत्वपूर्ण पुस्तक पढ्दै जाँदा केही कमी–कमजोरी फेला परेका छन् । त्यसको उपचार हुनु आवश्यक छ ।

    विराटनगरमा गोष्ठी हुँदा वा कुनै पनि प्रकारको कार्यक्रम हुँदा मधेसी समुदायले सबैभन्दा बढी सम्झेको नाम हो– दुर्गा सुवेदी । तर, पुस्तकमा तराई–मधेस आन्दोलनको उच्चारणसम्म गरिएको छैन ।

घर भए पनि करिब एक दशकदेखि म विराटनगर बस्न छाडेको थिएँ । धेरैजसो समय काठमाडौंमै बिताउँथे । यता केही वर्षदेखि तराई–मधेसतिर नै समय खर्चिरहेको छु । त्यसैले आजभोलि लेखपढ शून्यतामा झरेको छ । किनकि हाम्रोतिर नेता बन्नलाई यो विधाले खासै भूमिका निर्वाह गरेको देखिएन । गत वर्ष फागुनमा जेठी सन्तान शिखाकिरणको बिहेमा प्रकाशित गरेको अन्तर्जातीय विवाहसम्बन्धी पुस्तक ‘विवाह’पश्चात् नयाँशक्ति पार्टीको संगठनात्मक ढाँचा निर्माणमै समय खर्चें । त्यसैले वर्षौदेखि दुर्गा दाइसँग भेट भएको छैन । संवादहीनताको अवस्था छ । सायद यिनै कारणले होला, ०४६ सालको ऐतिहासिक जनआन्दोलनमा उहाँसँगै स्मरणीय क्षणहरू व्यतित गर्दा पनि त्यो हरफ लिपिवद्ध हुन पाएन ।

अब पुस्तक पुनर्मुद्रण हुँदा विषयवस्तु समावेशका लागि स्मरण गराउन चाहेको हुँ। यो पुस्तकमा जम्मा १६ सूची छन्, जसलाई लेखकले आफ्नो सुविधा अनुकूल ७६ उपशीर्षकमा विभाजित गरेका छन् । पहिलो कमेन्ट के छ भने पुस्तक महँगो भयो रे १ साजसज्जा र आकार हेर्दा सोलोडोलो अधिकतम् ५ सयसम्म जाने पुस्तक हो यो । पुस्तकालय संस्करण प्रकाशन गरेर केही महँगोमा बिक्रीवितरण गर्दा फरक पर्दैन । तर,  जनसामान्य, जसले राजनीतिक बुझ्न, जान्न र सम्झन खोजेका छन्, उसका लागि पुस्तक महँगो भएको छ । प्रकाशन गर्ने संस्था किताब पब्लिकेसनलाई यो हेक्का होस् ।

पुस्तकका लेखक समाजवादी नेता पनि भएकाले पेशागतभन्दा जनसरोकारको विषयसँग यो जोडिएको छ । नेपाली जन मानसमा विमान अपहरणको कथा व्यापक रूपमा चर्चित छ । त्यसैले पुस्तकको नाम ‘विमान विद्रोह’ नै पर्याप्त छ । उपशीर्षक आवश्यकताबोध हुँदैन । अचेल राख्ने चलन पनि हराउँदै गएको छ । पुस्तकको कभर पृष्ठ आकर्षक छ । रेखांकन उम्दा प्रकारको छ । पछिल्लो कभर पृष्ठ पनि सन्देशवाहक छ । त्यसमा पनि केही विशिष्ट व्यक्तिहरू ९डा। बाबुराम भट्टराई तथा प्रदिप गिरी०को विशेष प्रकारको आलेखीय मन्तव्यलाई पछिल्लो अध्यायमा राखेर लेखकले नौलो अभ्यास सूत्रपात गरेको देखिन्छ । नेपाली लेखकीय इतिहासमा विशिष्ट व्यक्तिहरूको मन्तव्यलाई प्रारम्भमा राख्ने चलन छ ।

म जतिबेला नेपालको दोस्रो चन्द्र हाई इङलिस स्कुल, सिरहाको कक्षा ९ को विद्यार्थी थिएँ, त्यतिबेला विमान अपहरण भएको थियो । त्यसैले विमान पलायनको सामान्य जानकारी भए पनि विस्तृत नहुनु स्वभाविक हो । तर, विराटनगरको डेराबाट विमान अपहरण गर्न गइरहेका बेलाको करुणामय चित्रण तथा भारतीय प्रवासमा रहँदा भोगेका अपार दुःख कष्टलाई जसरी पुस्तकमा दुर्गा दाइले मार्मिक वर्णन गरेका छन्, त्यस क्रममा मलाई उनीसँग सन् १९७० को दशकमा पहिलो भेट विहारको मधुवनीमा भद्रकाली मिश्राको प्रमुख आतिथ्यमा नेपाली विद्यार्थीद्वारा आयोजित कार्यक्रममा भएको कुरा झल्झली याद आइरहेको छ । म त्यतिबेला मधुवनीस्थित आर।के। कलेजमा अध्ययनरत थिएँ । तत्पश्चात् विराटनगरमा प्राध्यापन गर्ने क्रममा ०४१–४२ सालतिर बस स्टैण्डमा तत्कालीन विद्यार्थी नेता प्रदीप पोखरेलले दोस्रो पटक भेट गराउँदा हाम्रो परिचय नवीकरण हुन पुग्यो । तर, चिनजान घनीभूत रूपान्तरित त्यतिबेला भयो, जतिबेला म त्यसबेलाका सबैभन्दा सशक्त साप्ताहिक विमर्श समूहले संचालन गरेको पत्रिकाको विराटनगरमा सम्वाददाता भएँ । एक दिन तेस्रो पृष्ठका लागि उनको लामो अन्तरवार्ता लिएर प्रकाशित गरें ।

त्यतिबेला सुुशीला दिदी धरानमा वकालत गर्नु हुन्थ्यो र दुवैमा परिपक्व प्रेम स्थापित भइसकेको थियो । पछि त्यही प्रेम सम्बन्ध प्रणयसूत्रमा बाँधियो । नमूना प्रकारको अन्तर्जातीय वैवाहिक उत्सवमा मेरो पनि उपस्थितिको जिकिर पुस्तकमा छ । त्यसका लागि साधुवाद १ मूलतः पुस्तकका तीन चौथाई भागसँग मेरो कुनै सरोकार छैन । त्यसभित्र लेखिएका कुरा कति सही तथा कति गलत छन् भन्ने कुरा मेरो बुताभन्दा बाहिरको प्रसंग हो । त्यसैले यी गाँठी कुरा सम्बन्धित पक्षहरूले नै बुझून, जानून र व्याख्या–विश्लेषण गरून् । यस सम्बन्धमा म यति मात्र भन्न सक्छु यो पुस्तक गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालाको जीवनकालमा नै प्रकाशित भएको भए धेरै तथ्य बाहिर आउने सम्भावना थियो, जो राजनीतिशास्त्रको विद्यार्थीको लागि मात्र होइन, मुलुकप्रति चिन्तित तथा जिज्ञासु व्यक्तिका लागि पनि अझ उपयोगी सावित हुन सक्थ्यो । वसन्त भट्टराईजस्ता व्यक्तिहरूले डकुमेन्ट्री बनाएर प्रदर्शन गर्दै हिँड्नु पर्ने अवस्था सिर्जना हुने थिएन । नेपाली कांग्रेस ओरालो लागेको बेलाभन्दा निरन्तर उकालो लागिरहेको समयमा पुस्तक प्रकाशनको महत्ताले सुवेदीको ओजपूर्ण व्यक्तित्व अझ निखारिन्थ्यो । तर, लेखकले सत्तासँग टक्कर लिन नखोजेको भान हुन्छ ।

पुस्तकमा केही कुरा भावात्मक रूपमा सही भए पनि तथ्यगत रूपमा गलत छन् । त्यसैले दोस्रो संस्करणमा शुद्धीकरणले स्थान पाउने उद्देश्यलाई हृदयंगम गर्दै सल्लाह दिएको हुँ । ‘सत्याग्रहदेखि जनआन्दोलनसम्म’ उपशीर्षकमा पुस्तकको पेज न।२२३ मा २०४६ सालको जनआन्दोलनको जिकिर छ । भारतीय नेता चन्द्रशेखर विराटनगर पारि जोगवनीमा चैत २५ गते जनप्रदर्शनमा सामेल भएको उल्लेख छ । तर, वास्तविकता के हो भने राजा वीरेन्द्रले चैत २६ गते राती बहुदलीय व्यवस्था पुनस्र्थापनाको घोषणा पश्चातमात्र् नेपाली जनतालाई बधाई दिन सीमावर्ती इलाकामा चन्द्रशेखर, सुव्रमण्यम स्वामी, एम।जे। अकबरलगायत जोगवनी आएका थिए ।

त्यस्तै आन्दोलनलाई समर्थन गर्न फोरविसगंजमा जनता पार्टीका भूपू कोषाध्यक्ष जगदीशप्रसाद गुप्ताको अध्यक्षतामा ‘नेपाल प्रजातन्त्र बहाली समिति’ गठन गरियो भन्ने उल्लेख छ । वास्तवमा नेपालमा जारी आन्दोलनलाई समर्थन गर्न त्यस भेकका सबै विधायकसहित २३ सदस्यीय ‘नेपाल मानवाधिकार बचाओ समिति’ गठन गरिएको थियो । नेपालबाट दुर्गा दाइ, म, हाल कम्युनिष्ट नेता विश्वनाथ शाह र एक जना वकील शान्तिराम भण्डारी थिए ।

विराटनगरबाट प्रकाशित हुने पंचायत समर्थक ‘कोसेली’ दैनिकका पत्रकार बताउने एक जना नेपाली गुप्तचरलाई भारतीय मित्रहरूले गाली गर्दै बैठकबाट निष्काशन गरेपछि नेपाल पस्नेबित्तिकै गिरफ्तारी हुने आशंका बढेको थियो । त्यसैले हामीले लुकेर जोगबनी बोर्डर पार गरेका थियौं । तर, त्यसको केही घण्टापश्चात् त्यही राती खाना खाँदै गरेको अवस्थामा इन्स्पेक्टर प्रदीप खड्काको नेतृत्वमा आएको टोलीले मलाई नेसनल टे«डिङको गेटमा रहेको डेराबाट गिरफ्तार ग¥यो । मलाई त्यही राखियो, जहाँ चिरञ्जीवी रिजाल, नुना कोइराला, सुुशीला कार्कीहरूलाई थुनेको थियो ।

पुस्तक पढदै जाँदा उपन्यास जस्तै लाग्छ । एकपछि अर्को पेज पढ्न मन हौसिन्छ । मानौ गुलशननन्दाको यो फिल्मी उपन्यास हो । हो पनि, नेपाली मातृभाषा भएको एक जना उपाध्याय बाहुनको अन्तःस्करणबाट तिखारिएर निस्केको अन्तरात्माको कथा हो यो । त्यसैले रोचकता यसको शैली बनेको छ । तर, सम्पादन प्रणालीलाई जतिसुकै कसिलो बनाए पनि केही ठाउँमा हुनु नपर्ने अश्ुद्धि भएका छन् । पेज न। २८२ मा विवाहमा सुुशीला कोइरालासँग गिरिजा कोइराला । फोटोको तल लेखिएको क्याप्सनमा यस्तो गल्ती हुनु हुँदैन । त्यस्तै, केही अन्य गल्ती भेटिएका छन्, जसलाई आगामी संस्करणमा सच्याउनु पर्छ ।

अर्को, संविधान निर्माणको प्रश्न होस् वा बीपीको  नेपाल आगमन वा माओवादी बाबुरामसँग वार्ताको प्रसंग, पुस्तकमा सकारात्मक राष्ट्रिय सोचको धरातलमा विकास भएको अवधारणाको वकालत गरेको पाइन्छ । तर, करिव दुई दशकदेखि सीमान्तकृत समुदायले चलाएको घनीभूत आन्दोलनको सन्दर्भमा एक शब्द पनि बोलेको छैन। विराटनगरमा गोष्ठी हुँदा वा कुनै पनि प्रकारको कार्यक्रम हुँदा मधेसी समुदायले सबैभन्दा बढी सम्झेको नाम हो– दुर्गा सुवेदी । तर, पुस्तकमा तराई–मधेस आन्दोलनको उच्चारणसम्म गरिएको छैन ।

यस पुस्तकको सबैभन्दो ठूलो खासियत के हो भने यसले विगतलाई वर्तमानसँग जोड्ने सेतुको काम गरेको छ र भरपूर राजनीतिक खुराक पस्केको छ । आखिर व्यक्ति राजनीति किन गर्छन् रु के कस्तो स्वार्थ लुकेको थियो दुर्गा सुवेदीमा, जसले गर्दा उनले महामानवको हातबाट चट्कन खानु प¥यो रु आखिर उनी पार्टीगत राजनीतिबाट किन विरक्तिए रु एउटा यस्तो योद्धा जसले जुन उद्देश्यका लागि विश्वलाई स्तब्ध पार्ने काम गरे, जीवनभर त्यसबाट किन अलग रहे रु जस्ता प्रश्नको हल यो पुस्तकमा नभए पनि आउने पुस्ताले बीपी र गिरिजाको समाधिअघि उभिएर अवश्य गर्नेछन् ।

प्रकाशित: ७ असार २०७६ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App