१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

दुर्गम गाउँ घुन्सामा पनि पुग्यो मोवाईल सेवा

ताप्लेजुङ - समुन्द्र सतहबाट ३ हजार ४५० मिटर उचाईको पूर्वोत्तर नेपालको दुर्गम तर पर्यटकीय गाउँ घुन्सामा मोवाइल सेवा पुगेको छ।  

आइतवारबाट यो गाउँमा मोवाईल सेवा सञ्चालनमा आएको सेवा बिस्तारकादेखि जोडजाम सम्मका काममा सहजीकरण गरेका मिङ्माडण्डु शेर्पाले जानकारी दिए। स्याटलाईट प्रणालीमार्फत सञ्चालन हुनेगरी जोडिएको टावरमार्फत मोवाईल सेवा सुरु भएको प्रदेश सांसद टंक आङ्बुहाङका स्वकीय सचिव प्रजिन हाङ्वाङले जानकारी दिए।

आङ्बुहाङले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने घुन्सामा मोवाइल सेवा बिस्तार गर्न संघीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गरेका थिए। मोवाइल टावर जडान कार्यमा प्राविधिकलाई सहजीकरण गर्न घुन्सा पुगेर फर्किएका मुक्ति लाबुङले आइतवार घुन्सामा मोवाइलका १५ थान सीम समेत बितरण गरिएको जानकारी दिए।

त्यहाँ अहिले करिव ६२ घर परिवार रहेका छन्। फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ लिम्बूले दुर्गम मानिएको यो गाउँपालिका भित्र एकपछि अर्को सञ्चार सुबिधाको उपलब्धताले स्थानीयबासीमा उत्साह थपेको आभाष आफुले पाएको बताए। यसअघि उपल्लो क्षेत्रका तापेथोक र लेलेपका बासिन्दालाई सहज हुनेगरी मोवाईल सेवाको बिस्तार भएको थियो। क्षेत्रफलका हिसावले नेपालकै तेस्रो र प्रदेश नं १ ठूलो मानिएको यो गाउँपालिकाका अधिकाँस क्षेत्र बस्ती दुर्गम स्थानमा छन्।

प्रकाशित: २० जेष्ठ २०७६ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App