२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

झुण्डिएको अवस्थामा भेटिएको शव ज्वाँई मानबहादुरको रहेको आशंका

ताप्लेजुङ -  पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति ९ जनाको ज्यान जानेगरी भएको घटनापछि बिकसित अर्को घटनाले थप आशंका बढाएको छ ।
घटना भएको स्थलबाट केहि टाढा धनकुटाको लिम्बा भन्ने स्थानमा जंगलको झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । झुण्डिएको यो शव कसको हो भन्ने यकिन छैन ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले शवको प्रारम्भिक जानकारी आएको र बिहानदेखि घटनासंग जोडिएर गरिएको आशंकासंग मिल्ने गरी शवको हुलिया रहेको जानकारी आफुले पाएको बताए ।

यद्यपी उनले घटनाको सबै बिवरण आउन भने बाँकी रहेको जानकारी दिए । प्रहरीले घटनामा मारिएका बमबहादुर फियाकका कान्छा ज्वाँई मानबहादुर माखिममाथि घटनाको आशंका गर्दै आएको थियो । उनी र श्रीमति बीच सम्वन्धमा दरार आएपछि सम्वन्ध बिच्छेदका लागि जिल्ला अदालत पाँचथरमा प्रकृया चलिरहेको थियो । श्रीमति भने माईतमा थिईन् । सोहि बेला यो घटना भएको छ ।

प्रकाशित: ७ जेष्ठ २०७६ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App