२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भ्रष्टाचार र अनियमितताविरुद्ध लागिरहने छौंः निर्देशक ज्ञवाली

काठमाडौं– नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले व्यवसायिक पत्रकारितामार्फत लोकतन्त्र सुदृढ बनाउने अभियानमा लागिरहने प्रतिबद्धता जनाएकी छिन्। भ्रष्टाचार र अनियमितताविरुद्ध रिपब्लिक मिडिया निरन्तर लागिरहने उनले स्पष्ट पारिन्।

मिडियाको १० औं वार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य राख्दै निर्देशक ज्ञवालीले राज्यको नीति नियमभित्र रही व्यावसायिक पत्रकारितामार्फत लोकतन्त्र सुदृढिकरण तुल्याउन सहयोग पुर्याउने लक्ष्य रहेको बताइन्। ‘आम जनताको सूचनाको भोक मेटाउने कार्यमा सहभागी हुन पाएकोमा हामीलाई गर्व छ’, उनले भनिन्।

भुइँ तहका मान्छे र सरकारबीच मध्यस्थकर्ताका रुपमा, अनियमितता र विसङ्गतिविरुद्ध वाचडगका रुपमा बारम्बार खबरदारी गरिरहेको उनले जानकारी गराइन्। उनले समाज र मुलुकका लागि योगदान पुर्याएका व्यक्तिलाई रिपब्लिक मिडियाले स्थापनाकालदेखि नागरिक नायक घोषणा गर्दै स्मरण गराउँदै आजको समारोह ३ जनालाई नायक घोषणा गरिने जानकारी गराइन्। 

प्रकाशित: ११ वैशाख २०७६ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App