काठमाडौं– नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पक्राउ परेकी छिन्। नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदी गएराति पक्राउ परेकी हुन्।
सुवेदीलाई गएराति करिब १२ बजे देवदहस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमती रहेकी सुवेदीलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ११ वैशाख २०७६ ०६:१९ बुधबार