काठमाडौं – अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गर्दै आएका एक नेपालीको दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारमा समस्या भएको छ।
गोरखा घर भई रोजगारका लागि अमेरिका पुगेका अमृत भट्टराई केही वर्षयता मृगौलाले काम गर्न छाडेपछि उपचार गराइरहेका छन्। रोजगारी गरे परिवार पाल्दै आएका भट्टराई बिरामी परेर थलिएपछि उनको उपचारमा समेत समस्या भएको छ।
अमेरिकामा उनको उपचारमा समस्या भएको भट्टराईलाई सहयोग गरिरहेका विश्व भट्टले जानकारी दिए। उनका अनुसार अमेरिकामा भन्दा भारतमा भट्टराईको उपचार सहज हुनेछ। भारतमा उनको उपचारका लागि नेपाली ५० लाख खर्च हुने भट्टले बताए। रोजगारी गरेर परिवार चलाउँदै आएका भट्टराईसँग उपचारमा लाग्ने रकम नभएको भन्दै सहयोगका लागि परिवारले आग्रह गरेको छ।
उनको जीवन रक्षाका लागि सबै देश तथा विदेशमा बसोबास गर्ने नेपालीलाई सहयोगको आग्रह भट्टले गरेका छन्।
प्रकाशित: ५ चैत्र २०७५ १०:५३ मंगलबार