११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सात वर्षपछि फरार अभियुक्त पक्राउ

रुकुम - सात वर्षदेखि फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ। वहुविवाह मुद्दामा जिल्ला अदालत सल्यानबाट दोषी ठहर भएर फरार भएका बाँकेको खजुरा गाँउपालिका–६ सिमलघारीका २९ वर्षीय जयराम पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

जिल्ला अदालत सल्यानले पुनलाई दोषी ठहर गर्दै १ वर्ष कैद  सजाय र पाँच हजार जरीवाना तोकेको थियो। अदालतको आदेश पछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको डिएसपी शाहीले बताए। पक्राउ परेका पुनलाई जिल्ला अदालतमा हाजिर गराएर कैद भुक्तानको लागि कारागार चलान गरिएको बताइएको छ।

 

प्रकाशित: १० माघ २०७५ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App