८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पले क्षतिग्रस्त मन्दिर बनाउँदै काठमाडौं विश्वविद्यालय

काठमाडौं विश्वविद्यालयको संगीत विभागले पुनर्निर्माण गरिरहेको काठमाडौं–११ स्थित त्रिपुरेश्वर महादेव मन्दिर। तस्बिर : नागरिक

बनेपा - २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त उपत्यकाका सम्पदाको पुनर्निर्माणमा सुस्तताप्रति सर्वत्र आलोचना भइरहँदा काठमाडौं विश्वविद्यालय(केयू) ले काठमाडौ–११ स्थित त्रिपुरेश्वर महादेव मन्दिर र सत्तलहरुको पुनर्निर्माण गरिरहेको छ।

केयूको स्कुल अफ आट्र्सअन्तर्गत संगीत विभागले पुनर्निर्माण तीव्र पारेको छ। विभागका सहायक प्राध्यापक एवं पुनर्निर्माण कार्यका संयोजक डा. लोचन रिजालका अनुसार पुरातŒव विभागबाट स्वीकृत डिजाइनअनुसार नै पुनर्निर्माण कार्य भइरहेको हो।

‘विभागले मन्दिर र सत्तलहरुको पुनर्निर्माणका लागि करिब २७ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ। काम थालिहाल्न हामीले मौलिक बाजा बजाएरै १९ लाख रुपैयाँ संकलन गरेका छौं। सम्पदा संरक्षण गर्नुपर्छ भनेर केयूले हाम्रो विभागलाई दुई करोड रुपैयाँ आन्तरिक ऋण प्रदान गरेको छ’, उनले भने।

१८१८ सालमा रानी ललित त्रिपुरा सुन्दरीले निर्माण गर्न लगाएका त्रिपुरेश्वर महादेव मन्दिर र सत्तलहरु भूकम्पले भत्किएपछि गुठी संस्थानले केयूलाई पुनर्निर्माणको जिम्मा दिएको हो। केयूले त्रिपुरेश्वर महादेव मन्दिर, चारवटा सत्तल, पुजारी घर, मन्दिर परिसरको बगैंचा र पोखरीलाई पुनर्निर्माण तथा संरक्षण गर्नेगरी गुठी संस्थानसँग सम्झौता गरेको छ।

१८१८ सालमा रानी ललित त्रिपुरा सुन्दरीले निर्माण गर्न लगाएका त्रिपुरेश्वर महादेव मन्दिर र सत्तलहरु भूकम्पले भत्किएपछि गुठी संस्थानले केयूलाई पुनर्निर्माणको जिम्मा दिएको हो। केयूले त्रिपुरेश्वर महादेव मन्दिर, चारवटा सत्तल, पुजारी घर, मन्दिर परिसरको बगैंचा र पोखरीलाई पुनर्निर्माण तथा संरक्षण गर्नेगरी गुठी संस्थानसँग सम्झौता गरेको हो।

केयूले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयसँगको सहमतिका आधारमा पुनर्निर्माण कार्य अघि बढाइरहेको रिजालको भनाइ छ। ‘हामीले डेढदेखि दुई वर्षभित्रमै पुरातत्व विभागको डिजाइनअनुसार निर्माण सक्ने उद्देश्यले काम गरिरहेका छौं। सम्पदा पुनर्निर्माणका क्रममा मौलिकतालाई ध्यानमा राखिएको छ’, रिजालले भने।

हाल मन्दिर परिसरमा भइरहेको निर्माण कार्यमा पुरानै र परम्परागत सामग्री उपयोग गरिएको छ। निर्माणमा खटिएका कालिगड पनि पुराना मन्दिर तथा सम्पदा बनाउनमा अभ्यस्त छन्। ‘पुननिर्माणका लागि काठ धेरै आवश्यक पर्नेरहेछ। त्यसका लागि टिम्बर कर्पोरेसन अफ नेपालसँग कुराकानी भइरहेको छ’, रिजालले भने।

मन्दिर र सत्तल पुनर्निर्माणसँगै अढाई सय वर्षअघिदेखि मन्दिरमा हुँदै आएको नित्य पूजापाठ तथा चलिआएका परम्परा र अन्य दैनिकी सञ्चालनका लागि केयूले सहयोगसमेत गर्ने भएको छ। ‘विश्वविद्यालयले सम्पदा पुनर्निर्माण र संरक्षणमात्रै नभई संस्कृतिमा आधारित लोक तथा मौलिक संगीत (इथ्नोम्युजिकोलोजी) मा आधारित भएर संगीतमा उच्च तहसम्मको अध्यापन गराउँदैछ’, केयूका उपकुलपति प्रा. डा. रामकण्ठ माकजु श्रेष्ठले भने।

केयूले त्रिपुरेश्वर मन्दिर परिसरमै इथ्नोम्युजिकोलोजीमा अनुसन्धान, अध्यापनका साथै मुलुकभरकै इथ्नोम्युजिकको संग्रहसमेत गर्ने भएको छ। ‘मुलुकका विभिन्न जातजातिको परम्परा र संस्कृतिमा भएको संगीतलाई अध्यापन गराउने मुख्य लक्ष्य हो। अब मुलुकका लागि इथ्नोम्युजिकको अध्ययन र अनुसन्धान आवश्यक भइसकेको छ’, श्रेष्ठले भने।

त्रिपुरेश्वर मन्दिर तथा सत्तल पुनर्निर्माणसँगै नेपाली सांगितिक सम्पदा जगेर्नाका लागि थाई सरकारले नेपाल सरकारमार्फत केयूसँग सहकार्य थालेको छ। ‘थाई नागरिकले त्यहाँको सरकारलाई उपलब्ध गराएको सहयोग रकम अर्थ मन्त्रालय हुँदै केयूमा आउन थालेको छ। यसबाट पुनर्निर्माणमा देखिएको आर्थिक संकट बिस्तारै कम हुन थालेकाले अब कामलाई निरन्तरता दिन सहज हुने भएको छ’, पुनर्निर्माणका संयोजक रिजालले थपे।

थाई राजदूत भाकावात तानास्कुलले त्रिपुरेश्वरमा भइरहेको पुनर्निर्माण कार्यमा बेलाबखत अनुगमनसमेत गर्दै आएका छन्। केयूमा हालै आयोजित कार्यक्रममा राजदूत तानास्कुलले केयूको नेतृत्वमा भइरहेको पुनर्निर्माण कार्यको प्रशंसा गरेका छन्।

सम्पदा पुनर्निर्माण कार्यमा धेरै खाले चुनौती देखेका डा. रिजालले अमेरिकामा अध्ययनका क्रममा सिकेको व्यवस्थापकीय सीप र केयूबाटै इथ्नोम्युजिकोलोजीमा पिएचडी गर्दाको अनुभवलाई त्रिपुरेश्वरमा लगानी गर्दैछन्।

‘पुनर्निर्माण सकिएलगत्तै डिपार्टमेन्ट अफ इथ्नोम्युजिकोलोजीमा बिए, एमए र पिएचडीसम्मको अध्यापन हुनेछ। यस विधामा स्थानीय मौलिक संगीतका साथै परम्परा समावेश गरिन्छ। मौलिक संगीतका गुरुहरुलाई समेत अध्यापनमा सहभागी बनाउँछौं’, उनले थपे। केयूको स्कुल अफ आट्र्सअन्तर्गत हाल संगीत विभागमा स्नातक, स्नातकोत्तर र विद्यावारिधिमा गरी गरी १ सय ७० विद्यार्थी छन्।

प्रकाशित: १७ मंसिर २०७५ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App