९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पहाडी भू-भागमा हल्का वर्षाकाे सम्भावना

काठमाडौं - देशको पहाडी भू–भागमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति निकालेर देशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना औँल्याएको हो। विहिबार दिउँसो पहाडी भेगमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने बाँकी स्थानमा सामान्यतया सफा रहने छ।

रातको समयमा पनि पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। भोलि शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भेगमा सामान्यतया सफा रहने तथा मङ्सिर ८ गते देशभर मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाको पछिल्लो विवरण अनुसार विहिबार काठमाडौंको अधिकतम तापक्रम २२ र न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ। सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २७.२ र सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई डिग्री सेल्सियस रहेको छ।

रातमा आकाश खुला हुने तथा दिउँसोपख मौसम सामान्य बदली हुने क्रम एक/दुई दिनदेखि जारी रहेकाले काठमाडौं उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ। न्यूनतम तापक्रम स्थिर रहे पनि काठमाडौंमा बिहान र बेलुका बढी चिसो भएको छ। जाडोयाम भएकाले तापक्रममा फेरबदल भई चिसो क्रमशः बढ्दै जाने महाशाखाको भनाइ छ। रासस

प्रकाशित: ६ मंसिर २०७५ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App