२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

भिमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा - सुदुरपश्चिम प्रदेशकाे तराई पहाड जोड्ने एक मात्र सडक भिमदत्त राजमार्ग अवरुद्ध हुदा यात्रु अलपत्र परेका छन। बीच सडकमा यात्रु बोकेको बस बिग्रदा भिमदत्त राजमार्ग अवरुद्ध भएको छ। राजमार्गको गन्यापुरा गाउँपालिकाको मेलखर्कमा बीच सडकमा बस बिग्रदा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा आज दिउँसो १ बजे देखि तराई पहाड आउने जाने सबै गाडी मेलखर्क क्षेत्रमा रोकिएका छन।

कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुलाको गन्नाकालागि छुटेको  ना ७ ख ३१५८ नम्बरको बसको अगाडीका दुई वटै चक्का जोड्ने डिफेन्सर भाचिए पछि राजमार्ग अवरुद्ध भएको सञ्चारकर्मी श्याम भट्टले बताए। राजमार्ग सञ्चालनका लागी प्रयास भइरहेकाे प्रहरी नायव उपरिक्षक डम्बर केसीले बताए। 

 

प्रकाशित: ९ कार्तिक २०७५ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App