२६ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

निर्मलाका लागि न्याय माग्दै काठमाडौंमा प्रदर्शन, गृहमन्त्रीकाे राजिनामा माग (फोटो फिचर)

भिडियो : सुजन श्रेष्ठ

काठमाडौ–कञ्नपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको दोषी पत्ता लगाई कारवाही गर्न माग गर्दै राजधानीको माइतिघर मण्डलामा विराेध प्रदर्शन गरिएको छ।दर्शनकारीले घटना अनुसन्धानमा गृह प्रशासन असफल भएकाे भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालकाे राजिनामा माग गरिएकाे छ।

निर्मलाका लागि न्याय माग्दै गरिएको प्रदर्शनमा कलाकार, नागरिक समाज मानवअधिकारवादी, विद्यार्थीलगायत सैयाै युवाको सहभागिता छ। नयाँ शक्ति पार्टीले विराेधमा अाफना ब्यानरसहित उपस्थिति जनाएकाे थियाे। घटना भएको ३ महिना हुन लाग्दा पनि निर्मलाका हत्यारा पहिचानमा सरकारको लाचारीपन देखिएको, हत्यारा जोगाउन खोजेको भन्दै सरकारको खवरदारी गरिएको छ।

माइतिघरबाट र्यालीसहित बानेश्वरमा पुगेर आयोजित विरोधसभामा नायिक रेखा थापाले बलात्कारजस्ता घटनाका अपराधी लुकाएर सरकारले के गर्न खोज्दै छ भन्दै आक्रोश पोखिन्। अपराधीलाई करवाही गर भनेर प्रष्ट भाषामा गरेको माग सरकारले नबुभेको भन्दै उनले प्रश्न गरिन,‘अब कस्तो भाषामा नागरिकका आवाज सुन्छ?’

पछिल्लो समय देशमा महिला हिंसाका घटना बढेको भन्दै उनले आगामी दिनमा महिलाको भविस्य कस्तो होला भन्नेमा आफूहरु त्रसित रहेको बताईन्। न्याय माग्नका लागि विरोध र आन्दोलन नै गर्नुपर्नै अवस्था आउनु  दुखद रहेको उनले बताइन्। 

न्याय माग्नेलाई लाठी बर्साउछौ, बलात्कारीलाई माया गर्छौ, आइजिपीलाई बर्खास्त गर, प्रमाण नष्ट गर्नेलाई कारबाही गरभन्ने लगायतका नारा लेखिएका प्लेकार्ड प्रर्दशन गरिएको छ। 

तस्बिरहरु : केशव थोकर/ सुजन श्रेष्ठ

प्रकाशित: २० आश्विन २०७५ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App