३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटमा दुई पक्षबीच झडपः प्रहरीसहित १७ घाइते, २४ राउण्ड हवाई फायर

रौतहट– रौतहटमा शव जलाउने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा १७ जना घाइते भएका छन्। स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड अश्रुर ग्यास र २४ राउण्ड हवाई फायर गरेको छ। 

रौतहट– रौतहटमा शव जलाउने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा १७ जना घाइते भएका छन्। स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड अश्रुर ग्यास र २४ राउण्ड हवाई फायर गरेको छ। 

गरुडा ९ रुघुनाथपुरस्थित गमहरिया टोलमा दुई समुदायबीच  शव जलायउने विषयमा वादविवाद भई उग्र रुप लिएपछि प्रहरीले अश्रुर ग्यास र हवाई फायर गरी स्थिती नियन्त्रणमा लिएको हो। 

परम्परागत रुपमा एक पक्षले शव जलाउँदै आएको स्थलमा शव जलाउन खोज्दा अर्काे पक्षले रोकेपछि झडप सुरु भएको थियो। जबरजस्ती जलाउन खोजेपछि झडप भएको र स्थिती नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको रौतहट प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिए। उनका अनुसार घटनामा ५ सुरक्षाकर्मी र एक दर्जन सर्वसाधारण घाइते भएका छन् भने दुई जनालाई नियन्त्रणमा लिइएको छ। 

दुई हप्ताअघि नै शव बाग्मती खोलामा जलाउने सहमति स्थानीय प्रशासन भएको र सो अनुसार नगरेर अर्काे समुदायलाई आघात पुग्ने गरी पुरानै ठाउँमा जलाउन खोज्दा घटना भएको एसपी ढकालले बताए। स्थिती नियन्त्रणमा आएपछि एसपी ढकालसँगै सशस्त्रका एसपी कृष्ण ढकाल घटनास्थल पुगेका छन्।

अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App