२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

निर्मलाका निम्ति न्याय : देशैभर प्रदर्शन

तस्बिर : देबकी बिष्ट/नागरिक

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा न्याय माग्दै आज देश भर प्रदर्शन भइरहेको छ। स्वतन्त्ररुपमा देशका विभिन्न स्थानमा प्रदर्शन भएको हो। काठमाडौंमा माइतीघरमा १ बजेबाट प्रदर्शन सुरु भएको छ। दोषी पत्ता लगाएर कारबाही गर्न दवाव दिँदै प्रदर्शन आव्हान गरिएको हो।

समाजिक सञ्जाल मार्फत ‘निर्मलाका निम्ति न्याय’ #JusticeForNirmala #RageAgainstRape अभियान नै चलाइएको छ।

पाल्पा, विराटनगर, धरान, जनकपुर, पोखरा लगायतका ठाउँहरुमा पनि प्रदर्शन आव्हान गरिएको छ।

प्रकाशित: ३० भाद्र २०७५ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App