१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

दुर्गमबाट सभापोखरीलाई नियाल्दा (फोटो फिचर)

तस्बिर सौजन्य : बाबुराम बास्तोला

संखुवासभा – नेपालको विकटता सुदूर कर्णाली मात्र हैन, सुदूरपूर्व कर्णालीले परिचित संखुवासभा पनि हो। तर ती विकट र दूर्गम ठाउँहरू प्रकृतिले दिएको सुन्दरतामा पनि यीनै भित्र पर्छन्। प्राय ती विकट क्षेत्रहरू प्राकृतिक सुन्दरताका कारण पर्यापर्यटकिय गन्तव्यको पहिलो रोजाइमा पनि पर्छ।

संखुवासभाको धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा मकालु हिमाल पछिको दोस्रो नाम सभापोखरी आउने गर्छ। यो पोखरी पर्यटकहरूको दोस्रो रोजाइमा परे जस्तै भक्तजन र तिर्थालुहरूको पहिलो गन्तव्य हो। विशेष गरी नागपञ्चमी देखि जनै पुर्णिमासम्म पर्यटकीय एवं धार्मिक क्षेत्र सभापोखरीको दर्शन गर्नेहरूको भीड लाग्छ।

४ हजार २ सय ४० मिटरको उचाइमा रहेको रमणीय, सामरिक एवं धार्मिक महत्वको यस क्षेत्रमा गर्मीयाममा मात्रै पुग्न सकिन्छ। हप्ता दिनको कष्टकर पैदल यात्राबाट मात्रै पुग्न सकिने यो स्थान प्राकृतिक सुन्दरताको अनुपम उपहार हो। यो पोखरीको लम्बाई २ सय मिटर र चौडाइ करिब १ सय मिटर छ। यो पोखरीमा स्नान गर्नाले मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ। प्राचीनकालमा देवगणहरूले श्रावण महिनामा, गुफापोखरीमा गुफा बस्ने र सभापोखरीमा सभा एवं महायज्ञ गर्ने जनविश्वास रहेकाले यो ठाउँलाई महत्वपूर्ण रुपमा लिने गरेको पाइन्छ।

यो ठाउँ वेद व्यासले वेद लेखेको र सभा गरेको स्थान पनि भएको किम्बदन्ती छ। चीनबाट आएका महाबौद्धले समेत तपस्या गरेको पद्म पुराणमा उल्लेख गरिएको पण्डीत प्रेमशरण शास्त्रीले बताए। यहाँ प्रत्येक वर्ष ४ हजारभन्दा बढी भक्तजन पुग्ने गर्छन्। जनै पूर्णिमामा मेला लाग्ने भएकाले भक्तजनहरूलाई निकै समस्या हुने गरेको तारा बहादुर बुढाथोकीले बताए। मेला र भक्तजनहरूको बाक्लै उपस्थिति रहेपनि शौचालय अभावमा फोहोरको वृद्धी भइरहेको उनको भनाई छ। पदमार्ग समेत मर्मत र निर्माण नहुँदा बाटो भुल्ने समस्या भएको बुढाथोकीले बताए।

साता अघि सदरमुकाम खाँदबारीबाट सभापोखरी गएका बुढाथोकी सहित ९ जनाको समुह फर्किएका छन्। उनीहरूले कठिन यात्रा भएपनि प्राकृतिक सुन्दरता र सभापोखरीको पानीले स्नान गर्दा दुख हरण भएको अनुभव सुनाए। मकालु साहित्य समाजका अध्यक्ष समेत रहेका बुढाथोकीले सभापोखरीबाट समृद्धीका स्वरहरू कविता मार्फत बोलेका थिए। 
उनका कविताका हरफ :

समृद्धी त यी हिमालहरू जस्तै अग्लिएको हुनुपर्छ
सभा ताल जस्तै सङ्लीएको हुनुपर्छ,
बग्दै जाने सभामा अरु थुप्रै खोलाहरु मिसिएर
अरुणसंगै मिसिए जस्तै सग्लिएको हुनुपर्छ,
समृद्धी भइसके त सुखी नेपाली परोपकारी भावले
ऊ ती लङ्गुरका हिउँ जस्तै सलसल पग्लिएको हुनुपर्छ।

मदन भण्डारी फाउन्डेशनले काठमाडौंको चन्द्रागिरीमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको समृद्धिका स्वरहरूलाई मकालु साहित्य समाजले आफ्नो अभियान बनाउँदै पहिलो पटक ४१ सय मिटरको उचाईबाट समृद्धीको स्वर बोलेको बताए।

अब भोजपुरले साल्पाचुलीबाट, ताप्लेजुङले पाथिभरा चुलीबाट, सोलुले सगरमाथा आधार शिविरबाट, महाकालीले लिपुलेकबाट यो अभियानलाई निरन्तरता दिनसके सरकारलाई गल्ती सच्याएर असल काम गर्न बल पुग्ने विश्वास व्यक्त गरे।

तस्बिर सौजन्य : बाबुराम बास्तोला

तस्बिर सौजन्य : बाबुराम बास्तोला
तस्बिर सौजन्य : बाबुराम बास्तोला
तस्बिर सौजन्य : बाबुराम बास्तोला
तस्बिर सौजन्य : बाबुराम बास्तोला
तस्बिर सौजन्य : बाबुराम बास्तोला
तस्बिर सौजन्य : बाबुराम बास्तोला
तस्बिर सौजन्य : बाबुराम बास्तोला
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App