२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

धारिलाे हतियार प्रयाेग गरी छाेराकाे हत्या

भक्तपुर -  अाफ्नै १७ वर्षीय छाेराकाे धारिलाे हतियार प्रयाेग गरी हत्या गरेकाे अाराेपमा बाबु पक्राउ परेका छन् । भक्तपुर स्थित  मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीकाे रमाईलो चोक डेरा गरी बस्ने मोरङ सुनबर्षा नगरपालिका १ का ४० वर्षीय डिल्लीराम चापागाईले मंगलबार राती छाेरा सागर चापागाईकाे हत्या गरेका हुन्। 

चापागाईले आफुसँगै सुतेका १७ वर्षीय छोरा सागर चापागाईलाई मंगलबार राति दाउ प्रहार गर्दै हत्या गरेका प्रहरीले जानकारी दिएकाे छ। घरायसी विवादमा छाेराकाे हत्या गरिएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ।

छाेराकाे हत्यापछि घरको एक तलामाथिबाट हाम फालेर भागेका चापागाईलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App