काठमाडाैं - नेपाली सेनाको टोलीले रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २, टिमुरेमा पहिरो जाँदा पुरीएका ८ जनाको शव निकालेको छ भने १२ जनाको शकुसल उद्धार गरेको छ।
बिहीबार २ वटा स्काभेटरको सहयोगमा नेपाली सेनाको कालीजंग गणको टिमुरे सुरक्षा बेशबाट खटिएको टोलीले उद्धार तथा शव निकाल्ने काम गरेको हो। पहिरो जाँदा एक गेष्टहाउस, एक प्रहरी चेकपोष्ट र अस्थायी टहरामा सञ्चालित २ होटल पुरिएका थिए।
प्रकाशित: १० श्रावण २०७५ १३:१८ बिहीबार