काठमाडौं- नेपाली सेनाको पृतनापति सम्मेलन सुरु भएको छ। सम्मेलनको रक्षामन्त्री ईश्वर पोखरेलले जंगी अड्डामा उद्घाटन गरे। नियमित रुपमा संचालन हुँदै आएको बैठक दुई दिन सम्म चल्ने छ।
कार्यक्रममा पोखरेलले नेपाली सेनाले राजनैतिक नेतृत्वलाई सदैव स्वीकार गरेको बताउँदै देशको आवश्यकता आर्थिक समृद्धि भएकोले सेनाको योजना र क्रियाकलाप सोहि अनुरुप हुनु पर्ने बताए।
समन्वयात्मक बैठकको शुभारम्भमा बलाध्यक्ष रथी हेमन्तराज कुँवर, रक्षा सचिव विष्णु लम्साल समेत आफ्नो मनतव्य राखेका थिए। बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: १३ जेष्ठ २०७५ १४:३३ आइतबार