६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

स्वस्थ रहन कुन बेला के खाने ?

खाने समय र तरिका मिलाउन नसकेर पनि हामीले कति रोगलाई निम्त्याइरहेका हुन्छौं । विशेषज्ञहरूका अनुसार स्वस्थ रहनका लागि हामीले शरीरको जैविक घडीअनुसार खानपान गर्नुपर्ने हुन्छ । नत्र हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्छ र विभिन्न रोग निम्तिन सक्छ । त्यसो भए कुन समयमा कस्तो कसरी खाने त ? आउनुस् यस विषयमा वैज्ञानिक एवं विशेषज्ञहरूले दिएका सुझाव जानी राखौं।

बादशाहको जस्तो खाजा खानुस्

धेरैजसो मानिस रातिको भोजनमा चिकन करी, बिरियानीजस्ता बढी क्यालोरीयुक्त खानाहरू खाने गर्छन् । यो चलन गलत हो । सबैजसो वैज्ञानिकको मत के छ भने दिनको भोजन बढी क्यालोरीयुक्त खानुपर्छ भने खाना पनि अबेला होइन अलि चाँडै खानु स्वास्थ्यका लागि लाभदायक छ ।एक अनुसन्धानअनुसार तौल घटाउन चाहने महिलाले बिहान चाँडै खानुपर्छ जसले तौल घटाउन मद्दत गर्छ । अर्काे एक अर्काे अनुसन्धानको सुझाव छ– खाजा ढिला खाएमा शरीरमा बिएमआई (शरीर मापक सूचक)बढ्छ ।

किंग्स् कलेज लन्डन न्युट्रिसन साइन्सका अतिथि प्राध्यापक गेर्डा पट भन्छन्, ‘बादशाहको जस्तो खाजा खानु, राजकुमारको जस्तो दिनको खाना खानु, भिखारीको जस्तो रातको खाना खानु भन्ने कुरामा केही सत्यता छ ।’
अब वैज्ञानिकहरू खाना खाने समय र शरीरको जैविक घडी बीचको सम्बन्ध पत्ता लगाउने कोसिस गरिहेका छन् । विशेषज्ञले यो पनि पत्ता लगाउने कोसिस गरिरहेका छन् कि हाम्रो खाना खाने बानीले शरिरको भित्री चक्रमा कस्तो प्रभाव पर्छ ?

कुन समय कति क्यालोरीको खाना खाने ? पोषणसम्बन्धी अनुसन्धान गरिरहेका डा.पटले के कुरा पत्ता लगाए भने रातिमा बढी खाना पाचन प्रक्रियाका लागि उचित छैन । किनभने शरीर यतिबेला आफै सुत्ने तयारीमा हुन्छ । त्यसैगरी सर्मे क्रोनोबायोलोजी तथा इन्टिगेरेटिभ फिजिलियोजीका अनुसन्धानकर्ता जोनाथन जन्सटन भन्छन्, ‘हाम्रो शरीरले रातको समयमा त्यति पचाउन सक्दैन यो कुरा पनि हामीले बुझेका छैनौ ।’खाना कतिबेला कति खाने भन्ने कुरा मानिसको कामको प्रकृतिमा भर पर्छ भन्ने एउटा सिद्धान्त पनि छ । ‘सुरुको प्रमाणले के देखाइसकेको छ भने खाना पचाउने शक्ति बेलुकीभन्दा बिहान बढी हुन्छ ।’

हामी कतिबेला खान्छौ र यसले हाम्रो स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा बुझ्नु आवश्यक भएको डा.जन्सटन बताउँछन् । उनी भन्छन्, ‘म के सुझाव दिन्छु भने तपाईं के खानुहुन्छ त्यसमा त्यति परिवर्तन आवश्यक छैन । तर तपाईं कुन समयमा के खानुहुन्छ, त्यसमा परिवर्तन आवश्यक छ । केवल खानाको समय परिवर्तन गर्नु स्वास्थ्य सुधारको लागि महत्वपूर्ण छ ।’हाम्रो खानाको समयको प्रभाव सिफ्टमा काम गर्नेहरूमा पर्न सक्छ । जसको जैविक घडीमा गडबडी भइसकेको हुन्छ । एक अनुमानअनुसार २० प्रतिशत मानिस सिफ्टमा काम गर्छन् ।

जनावरमाथि गरिएको एक शोधले के कुरा पत्ता लगाएका छन् भने ठीक समयमा खाना खानाले शरीरको प्राकृतिक क्रिया निर्धारण हुन्छ । दश पुरुषमा गरिएको एक अनुसन्धानबाट डा.जन्सटनले के कुरा पनि पत्ता लगाए भने खाना खाने समय पाँच घण्टा ढिला हुँदा शरीरको जैविक घडीमा असर पर्छ । ढिला खाना खाँदा शरीरको जैविक घडमिा गडबडी भइ मानिसको स्वास्थ्यमा गम्भीर असर पर्छ।

केही थप प्रश्नहरू

जैविक घडीअनुसार खाना खाने ठीक समय कुन हो ? अर्थात् कुन समयमा खाना खानु हुँदैन ? यो हाम्रो निजी जैविक घडी कसरी प्रभावित हुन्छ ? जस्तो कि बिहान छिटो उठ्ने मानिस र राति ढिला सुत्ने मानिस यी दुईको बीचमा के फरक देखिन्छ ? अर्थात् यस्तो कुनै खाना छ, जुन खानका लागि कुनै निश्चित समय चाहिँंदैन ?
डा.जन्सटन र पट दुवै के कुरामा सहमत छन् भने हामीले बिहान पहिल्यै धेरै खाना या बढी क्यालोरी भएका खाना खानु पर्छ तथा आफ्नो दिनको खानामा सबैभन्दा धेरै खाना समावेश गर्नु उचित हुन्छ ।

स्रोतः बिबिसी

अनुवादः पवित्रा सुनार

प्रकाशित: १२ जेष्ठ २०७५ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App