मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वास्थ्य जाँचका लागि अस्पताल ल्याइएको छ।
मंगलबार बिहान भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुर्याइएको हो।
व्यवसायी प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कीर्ते कागजात बनाइ गम्भीर आरोप लगाएको प्रहरीको प्रारम्भ्कि निस्कर्ष छ।
प्रधानमन्त्री ओलीले कम्बोडियास्थित स्मार्ट एक्जियाटा टेलिकम कम्पनीमा लगानी गरेको आरोप प्रसाईंले लगाएका थिए। प्रसाईंले फर्जी कागजात बनाइ प्रचार गरेको प्रहरीको भनाइ छ।
प्रसाईंले सोमबार मात्रै पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक टेलिकम कम्पनीमा झन्डै ३२ अर्ब लगानी रहेको दाबी गर्दै केही दस्ताबेज सार्वजनिक गरेका थिए।
ती दस्ताबेज तथ्य जाँच भने भइसकेको छैन। एमालेले र ओली निकटहरूले ती दस्ताबेज फर्जी खडा गरिएको दाबी गर्दै प्रतिवादमा छन्।
प्रकाशित: ४ मंसिर २०८१ १५:३७ मंगलबार