३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

तीन महिनादेखि विषादी परीक्षण बन्द

भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला तीन महिनादेखि बन्द अवस्थामा रहेको छ। मेसिनमा खराबी देखिएपछि प्रयोगशालाबाट परीक्षणको काम रोकिएको हो।

कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार गत तीन महिनादेखि मेसिन बिग्रिएपछि विषादी परीक्षणको काम रोकिएको हो। दैनिक करिब पाँचवटा नमूनाको विषादी परीक्षण गरिने मेसिन बिग्रिएपछि बनाउन पठाइएको उनले बताए। मौसम अनुसारका ताजा तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गरिदैँ आइएको थियो।

प्रयोगशाला विसं २०७६ असोज ७ गते स्थापना गरिएको थियो। त्यसपछि वार्षिक सात सयभन्दा बढी नमूना परीक्षण गरिदैँ आइएको थियो। परीक्षणका आधारमा विषादीयुक्त फलफूल तथा ताजा तरकारी नष्ट गर्ने र केही समय राखेर मात्र बिक्री गर्न दिइने गरिएको थियो।

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार ‘स्पेक्ट्रो फोटो मिटर’ बिग्रिएकाले निर्माणका लागि काठमााडौँ पठाइएको छ। उनले भने, “मर्मत भइसकेको छ। हप्ता दश दिनमा यहाँ आइसक्छ अनि तत्काल काम सुरु हुन्छ।”  

प्रकाशित: ३ मंसिर २०८१ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App