सिराहाको मिर्चैयास्थित मुख्य बजारमा दिउँसै एक बैंक कर्मचारीको कोठामा लाखौँको चोरी भएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैया नजिकै रहेको कृषि विकास बैंक मिर्चैयाका कर्मचारी शत्रु धन कुमार साहको कोठामा लाखौको चोरी भएको हो।
शनिबार दिउँसो करिब १ बजेको समयमा कोठाको ताल्चा फुटाएर दराजमा रहेको ४७ हजार नगद र सुनचाँदीको गहनाहरू चोरी भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार चोर कर्मचारीको जस्तै पोसाक लगाएर घर भित्र पसेको र एक जना केटी बाहिर बसेर हेरिरहेको सिसी क्यामरामा कैद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चाडपर्वको समय प्रहरी प्रशासनको फितलो सुरक्षाको कारण दिउँसै घटना भएको स्थानीयले आरोप लगाएका छन्।
प्रकाशित: १७ कार्तिक २०८१ २०:१९ शनिबार